प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वामपन्थी दलबीच तालमेलको चर्चा चलेकै बीचमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच कुराकानी भएको हो।
कांग्रेसले वर्तमान गठबन्धन कायम राखेर निर्वाचनमा जान माओवादी केन्द्रसँग प्रस्ताव गर्दै आएको छ भने केन्द्रले नेकपा (एमाले) सँगको तालमेल र पार्टी एकताका लागि वार्ता अघि बढाएको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार दुई शीर्ष नेताबीच आपसी छलफल भएको तर आफूलाई विस्तृत जानकारी नभएको बताए।
स्रोतका अनुसार भेटवार्तामा देउवालाई प्रचण्डले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने वचन दिएका छन् ।
प्रतिक्रिया