वामदेवले पठाए ‘खतरनाक’ सन्देश !

वामदेवले पठाए ‘खतरनाक’ सन्देश !


माओबादी–एमालेबीच एकता गर्न दुवै दलका शिर्ष नेताहरु जुटिरहेको बेला एमाले उपाध्यक्ष वामदेव गौतमले आफ्नो मोबाईल मार्फत ‘खतरनाक’ सन्देश आफ्ना कार्यकर्तालाई पठाएका छन् ।

पार्टी एकिकरणका बेला उनले पठाएको सन्देश, कार्यकर्तालाई संयम पार्ने खालको छ । सन्देशमा भनिएको छ,‘नेकपा एमाले र नेकपा माके बीचको एकताबाट महत्वपूर्ण अर्थराख्ने राजनीतिक र सामाजिक आर्थिक परिवर्तन नेपाली समाजमा शुरु हुनेछ । पहिलो राजनीतिक अस्थिरता समाप्त भै विकासको महागति शुरु हुनेछ । दोश्रो जनतामा एकता र उत्साहको भावना सृजना हुनेछ । तेश्रो नेपाली विशेषताको समाजवाद निर्माण शुरु हुनेछ । चौथो गरीवी समाप्त भै समृद्ध राष्ट्र निर्माण हुनेछ । पाँचौ नेपालको अन्तराष्ट्रिय प्रतिष्ठाले ऊँचाइ प्राप्त गर्ने छ ।’

उनले अघि थपेका छन्,‘छैटौ विदेशी हस्तक्षेपको अन्त्य र राष्ट्रिय स्वतन्त्रताको रक्षा हुनेछ । सातौ नेपालको अन्तराष्ट्रिय सम्वन्ध अरु सुदृढ़ हुनेछ । त्यही भएर यो एकताको रक्षा र विस्तार आज प्रत्यक नेपालीको कर्तव्य बनेको छ ।’