सरकारी निर्देशन नमान्ने चिनियाँ कम्पनी सीसीजीपीसँगको ठेक्का रद्ध

सरकारी निर्देशन नमान्ने चिनियाँ कम्पनी सीसीजीपीसँगको ठेक्का रद्ध


कम्पनीको ३० करोड रुपैयाँ धरौटी जफत

नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रीड (सीसीपीजी) संगको ठेक्का सम्झौता रद्ध गरेको छ । सो कम्पनीले ढल्केबर प्रसारण लाईन निर्माणको ठेक्का सम्झौता अनुसार काम नगरेको र पटकपटक निमार्ण कार्य सम्पन्न गर्न दिएको निर्देशन समेत अटेर गरेर बसेपछि प्राधिकरणले सम्झौता रद्ध गरेको हो ।

ढल्केबरमा निर्माणाधीन २ सय २० केभी सबस्टेसन चाडै निर्माण गर्न पटक पटक आग्रह गर्दा ठेकेदार कम्पनीले अटेर गरेपछि सम्झौता नै तोड्नु परेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् । प्राधिकरणसँग भएको सम्झौता अनुसार चिनियाँ कम्पनीले ढल्केबर, इनरुवा र हेटौंडाको सबस्टेसन निर्माण गर्नुपर्ने रहेको थियो ।

अहिलेसम्म सीसीपीजीले ढल्केबर सबस्टेशनकोे ८८ प्रतिशत काम मात्रै सकेको सहप्रबक्ता अधिकारीको भनाई रहेको छ । सो कम्पनीसँग केही समयअघि प्रसारणलाई निर्माणको सम्झौता तोडेसँगै सवस्टेशन पनि निर्माणगर्न अटेर गर्दै आएकाले बाध्यतावस उक्त सम्झौता तोडिएको अधिकारीले जानकारी दिए । ती सवस्टेशनको काम ठेकेदार कम्पनीले २ बर्ष अघि नै सक्नुपर्ने भएपनि हालसम्म एउटा सवस्टेशनको काम पनि पुरा गर्न नसेकेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार ठेक्का तोडिएसँगै ठेकेदार कम्पनीको ३० करोड रुपैयाँ बराबरको धरौटी समेत जफत भएको छ । प्राधिकरणले कुल २ अर्ब २ करोड रुपैयाँमा सवस्टेशन निर्णाणका लागि ठेक्का दिएको थियो । हिउँदमा विद्युत आयातमा समस्या विद्युत प्राधिकरणले यस पटकको हिउँदमा ढल्केबर मोजफपुर प्रशासणलाईनबाट २ सय मेगावाट विद्युत आयात गर्ने सम्झौता गरेको थियो ।

सवस्टेशन निर्माणको ठेक्का तोडिएसँगै भारतबाट उक्त विजुली ल्याउन नसकिने उनले जानकारी दिए । हाल सो प्रशारणलाईनबाट १ सय ४५ मेवा विजुली आयात भइरहेको र हिउँदमा पनि सोही परिणाममा मात्र ल्याउने सकिने उनले बताए । जसले गर्दा हिउँदको समयमा विद्युत व्यवस्थापन गर्न केही कठिनाई हुने समेत उनको तर्क थियो । त्यसको क्षतिपूर्ति बापत अन्य प्रशारणलाईनबाट ल्याउने तयारी गरिएको समेत प्राधिकरणले जानकारी दिएको छ ।