रसुवामा काँग्रेसले प्रतिनिधि छान्यो

रसुवामा काँग्रेसले प्रतिनिधि छान्यो


नेपाली कांग्रेसका तर्फ बाट रसुवा जिल्लाका लागी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ सर्वसम्मत रूपमा ईन्जिनियर मोहन आचार्यको नाम सिफारिस भएको छ । त्यसैगरी, समानुपातिक तर्फ लामा कार्पू तामाडलाई सिफारिस गरिएको छ । प्रदेश तर्फ रसुवा जिल्लाको प्रदेश नंम्बर १ माप्रत्यक्ष तर्फ प्रभात लामा र समानुपातिक तर्फ ठाकुर देवकोटाको नाम सिफारिस भएको छ ।

प्रदेश नंम्बर २ मा प्रत्यक्ष तर्फ जनकजिवन उपाघ्याय , लेखनाथ अघिकारी र बालचन्द्र पौडेलको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ देवकी रैला र तिष्णराज न्यौपाने लाई सिफारिस गरिएको छ । रसुवा जिल्लामा नेपाली कांग्रेसको सबै ईकाई समितिहरूको सिफ़ारिशका आधारमा जिल्ला कार्यसमितिको बैठकले सर्बसंम्वत रूपमा यस्तो निर्णय गरेको हो । फिलिपिन्सबाट सिभिल ईन्जिनियरिड डिग्री हासिल गरेका रसुवा जिल्ला को राजनीतिक पारिवारिक पृष्ठ भूमी भएका मोहन आर्चाय एक सफल व्यवसायी समेत हुन् ।