काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


सत्तारुढ दल नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न काङ्ग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

सत्तासहयात्री दल माओवादी केन्द्रले आशन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल अघि बढाएपछिको अवस्था बारे छलफल गर्न काङ्ग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको कांग्रेस स्रोतले बतायो ।

बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । वाम गठबन्धनबाट नेपालको प्रजातन्त्र संकटमा परेको निष्कर्ष निकालेर गैरवामपन्थी शक्तिबीच तालमेलमा जुटेको कांग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीको आगामी रणनीति तयार गर्ने बताइएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्नका लागि कांग्रेसले आफ्नो नेतृत्वमा यसअघि बृहत लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरिसकेको छ । यसमा ६ दल सहमतसमेत भइसकेका छन् ।