माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले चितनवनबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसैबीचमा नेकपा एमाले चितवनले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका उम्मेदवारको टुंगो लगाएको छ ।
तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा एमालेले तीनवटै क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सूची तयार पारेको हो ।
चितवनका तीनवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक बाहेकका सदस्यहरुको टुंगो लगाएको नेकपा एमाले चितवनले जनाएको छ ।
एमालेका अनुसार, चितवनमा तीन वटा निर्वाचन क्षेत्र अन्तरगत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पुर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेलाई र निर्वाचन क्षेत्र नम्बर २ मा सांसद कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने सर्बसम्मत निर्णय भएको छ ।
प्रचण्ड उम्मेदवारी दिने घोषणा गरेको चितवन क्षेत्र नम्बर तीनबाट पनि एमालेले उम्मेदवारको नाम प्रस्ताव गरेको छ । जसमा घनश्याम भट्टराई, शंकर थपलिया, सुर्य जमरकट्टेल र रविकिरण पौडेलको नाम प्रस्ताव भएको जिल्ला अध्यक्ष पोखरेलले जानकारी दिएका छन् ।
प्रदेशसभा सदस्यका लागि भने क्षेत्र नम्बर १ को (क)मा विजय सुवेदी र (ख)मा तेजेन्द्र खड्का सर्वसम्मत उम्मेदवार बनाउने निर्णय भएको छ। क्षेत्र नम्बर १ को (क) मा दावा लामा र कृष्ण पन्तको नाम छनोट भएको रा (ख)मा कृष्ण भुर्तेल सर्वसम्मत भएका छन् ।
क्षेत्र नम्बर ३ मा भने १० जनाको नाम आएकाले सबै नाम पठाउने या घटाउने भन्ने विषयमा छलफल चलिरहेको समाचार स्रोत बताउछ ।
यस्तै समानुपातिकतर्फको सम्भावित उम्मेदवारको विषय भने बिहीबार साँझसम्ममा टुंग्याउने एमाले चितवनले जनाएको छ।
आजसाँझ सबै नाम पारित गरेर शुक्रबार प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीको आसोज २२ र २३ मा हुने बैठकले पारित गरेर केन्द्रिय कमिटीमा बुझाउने एमाले चितवनको तयारी छ ।
प्रतिक्रिया