तीन दिनभित्र क्षेत्र बाँडफाँड गर्ने वाम गठबन्धनको निर्णय

तीन दिनभित्र क्षेत्र बाँडफाँड गर्ने वाम गठबन्धनको निर्णय


तीन दिनभित्र कुन क्षेत्रमा कुन पार्टीको उम्मेदवार भन्ने बारे टुंगो लगाउने वाम गठबन्धनले निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेका दुईवटै कार्यदलको बैठकले क्षेत्र निर्धारण कार्यदलले तीन दिनभित्र क्षेत्र टुंगो लगाउने निर्णय गरेको हो ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार चयन र चुनावी घोषणा पत्र निर्माणको काम तत्काल टुंगो लगाउन निर्देशन दिएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनमा आवद्ध सबै राजनीतिक दलको हैसियतअनुसार क्षेत्र तय गर्ने र बाँकी रहेका मध्ये ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्रले उम्मेदवारी दिनेछन् ।

प्रत्यक्षतर्फको उम्मेदवार छनोटका लागि गठित कार्यदल र चुनावी घोषणा पत्र मस्यौदा कार्यदलको बिहीबार बसेको संयुक्त बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन भित्र उमेदवार चयन गर्न क्षेत्र निर्धारणको काम सन्पन्न गर्ने निर्णय भएको छ ।

बैठकमा चुनावी घोषणा पत्र मस्यौदा निर्माणको काम ७ भित्र सम्पन्न गर्ने सहमति पनि भएको छ । चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेका ३ दलले प्रत्यक्षतर्फको उमेदवार बनाउँदा एमालेलाई ६० प्रतिशत र माओवादी केन्द्रलाई ४० प्रतिशत दिने सहमति गरिएको छ ।

सोही सहमतिलाई मुख्य आधार बनाएर उमेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने सहमति भएको छ ।

बैठकले आर्थिक समृद्धिलाई मुख्य आधार बनाएर चुनावी घोषणा पत्र मस्यौदा तयार पार्ने निर्णय पनि गरेको छ ।