एमाले अध्यक्ष ओली झापा क्षेत्र न‌ं ५ बाट सिफारिस

एमाले अध्यक्ष ओली झापा क्षेत्र न‌ं ५ बाट सिफारिस


प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट नेकपा एमालेका अध्यक्ष केपी ओली उम्मेदवार सिफारिस भएका छन् ।

अध्यक्ष ओलीसहित झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिए ।

उनका अनुसार झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा सर्वसम्मत सिफारिस भएका छन् ।