जन्मदै डाक्टर भएका सांसद ल्हारक्याललाई भएन कारबाही (नागरिकता सहित)

जन्मदै डाक्टर भएका सांसद ल्हारक्याललाई भएन कारबाही (नागरिकता सहित)


रोशन कार्की

आफुलाई सञ्चा राष्ट्रबादी नेपाली हुँ भन्दै सांसद बन्न सफल भएका, तर नागरिकता तिव्वत र भारतको लिएर दोहोरो फाईदा लिदै आएका व्यक्ती हुँन ल्याहारक्याल लामा । उनीसंग तीन देशको नागरिकता लिएको खुलासा भएको छ । उनीसँग राष्ट्रियता भारतीय उल्लेख गरेर लिइएको ‘ए २१२९८१२’ नम्बरको भारतीय राहदानी रहेको छ, जसमा उनको नाम खेम्पो छिमे छिरिङ उल्लेख गरिएको छ । भने फोटो उनै लामाको रहेको छ ।

उनले सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा भारतको मैसुरबाट लामा छिमे छिरिङ नाम राखी शरणार्थीको परिचयपत्र लिएको समेत भेटिएको छ । तिव्वतबाट शरणार्थीको परिचय लिने र त्यही आधारमा भारतबाट राहादानी लिएका लामाको नेपाली बंशजको आधारमा लिएको नागरिकतामा भने ‘डाक्टर’ उल्लेख गरेको नागरिकता फेला परेको छ ।

अबैधरुपमा संकलन गरेको रकमकै बलमा उनी सुरुमा झलनाथ खनालको मन्त्रीमण्डलमा अर्थराज्यमन्त्री समेत बन्न सफल भए, तर एमालेभित्रनै विवादीत व्यक्तिलाई मन्त्री बनाएको भन्दै विरोध भएपछि लामालाई २४ घण्टाभित्र मन्त्रीपदबाट हटाइएको थियो । एमालेले मन्त्रीबाट हटाएपछि रातारात उनी माओबादी केन्द्रको समानुपातिक तर्फबाट अहिले सांसद बन्न पुगे । उनीसँग नेपाली नागरिकता पनि छ र, नेपाली राहदानी पनि । उनका विरुद्धमा ६ बर्ष अगाडी देखि नै गुह मन्त्रालयमा उजुरी परेको थियो ।

लामाले तिब्बती शरणार्थी परिचयपत्र पाउँन तिब्बती नागरिक भएको प्रमाण पेश गरेको पाईएको छ । उनी आफ्नो नामका अगाडी डा. लेख्ने गर्छन् । यो कुनै एमबिबिएस अथवा पिएचडीबाट प्राप्त भएको भने होइन । उनले भारतको मैसोरस्थित एउटा बौद्ध अध्ययन केन्द्रबाट ‘खेन्पो’ उपाधि मात्र पाएका व्यक्ती हुन् । यो केन्द्र औपचारिक विश्वविद्यालय हैन् । खेन्पो उपाधि पाउनुलाई डाक्टरको मान्यता दिदैन् । तर लामा सोही खेम्पोलाई ‘पीएचडी’ गरे सरह डाक्टर लेखेर हिडेका छन् ।

उनले आफ्नो वेबसाइटमा आफू हेलम्बुको सयभन्दा बढी निङमा गुम्बाहरुको आध्यात्मिक नेता भएको लेखेको उल्लेख छ । तर उनले अहिल सम्म हेलम्बुमा कुनै पनि गुम्बाको प्रमुख रहेका छैनन् । लामाले दुई देशको राहदानी बोकेको आरोपमा उजुरी पर्दा उनी कांग्रेस निकट रहेका थिए । उनले कांग्रेसको शक्तिका कारण उन्मुक्ति पाएका थिए । तत्काल गृहमन्त्रालयले उनकै उपस्थितीमा यथार्थ बुझेर जानकारी दिन सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरे पनि उनी सम्पर्कमा नआएको भन्दै सो कारवाहीलाई अन्त्य गरेको थियो ।

२०३४ र २०३५ सालमा हेलम्बुमै गरिएको नाबालक दर्तामा त्यतिबेला उनको उमेर १२ बर्ष उल्लेख गरेको भेटिएको छ । जिल्ला प्रशासनका अनुसार त्यतिबेला प्रशासनले नाबालक नाम दर्ता रेकर्डको नाममा रेजा लगाएरमात्र नागरिकता दिने गरेको थियो । तर उनको नाममा रेजा लगाएको छैन् । यसैले उनले हेलम्बुबाट नै नागरिकता लिएकोमा पनि शंका उत्पन्न भएको छ । उनले आफुलाई दलाई लामाको नेपालस्थित दुतको हैसियतमा रहेको लुम्बिनी फाउन्डेसनसँग आबद्ध रहेका छन् । उनले दलाई लामासँगै बसेर खिचाएको फोटो समेत सार्वजनिक गरेका छन् ।

दलाई लामा स्वतन्त्र तिब्बतका नेता हुन र, नेपाल स्वतन्त्र तिब्बतको बिरोधी मुलुकका रुपमा रहेको छ । सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा भारतको मैसुरबाट लामा छिमे छिरिङ नाम राखी शरणार्थीको परिचयपत्र लिएको प्रमाण फेला परेको छ ।

डाक्टर बन्न दुई वटा प्रकृया पुरा गर्नु पर्दछ । पहिलो फिजिकल डाक्टर पास गर्नु पर्छ कि त कुनै विषयमा पिएडी गर्नु पर्दछ तर यहाँ पैसा भएपछि दुवै प्रकृया पुरा गर्नु नपर्ने उदाहरण समेत उनै लामाले बोक्ने नेपाली नागरिकताबाट प्रष्ट भएको छ । जन्मदै डाक्टर बनेका सांसद लामा संसारकै उनीमात्र एक हुन ।

नेपालमा कम्तिमा १६ वर्ष नपुगी नेपाली नागरिकता बन्दैन् । मोटामोटी १६ वर्षमा पढ्न सकिने भनेको प्रवेशिका (एसएलसी) सम्म मात्रै हो । माओवादीले पैसाको भरमा नियुक्त गरेका बिवादास्पद सांसद लामा जन्मदै डाक्टर भएको भेटिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको ३ नम्बर क्षेत्रको हेलम्बु गाविस वडान. ६ मा उनको स्थायी बसोबास गर्दै आएका लामाको नागरिकतामा डाक्टर उल्लेख गरेको छ । उनको नागरिकतामा २०२१ साल मंसिर १३ गते जन्ममिति उल्लेख गरिएको छ । उनको नागरिकता प्रमाण पत्र नम्बर ४८ र ६३७९८ रहेको छ । भने २००६/०८/ १५ तारिकमा ३१११०६२ नम्बरको राहदानी लिएको उनको नागरिकतामा हानिएको छापबाट देखिन आएको छ ।

नागरिकता लिँदा नै प्राध्यापकर डक्टर, पत्रकार, डाक्टर, इन्जिनियर भनेर लेख्न मिल्दैन् । सक्कली नागरिकता हराएर प्रतिलिपी लिएको हो भनेपनि त्यसमा सच्याउन मिल्दैन् । तर ल्हारक्याल लामालाई यस्ता नियमले छोएको छैन । उनीसंग भारतीय नागरिकता, रासन कार्ड समेत रहेको समाचार स्रोतले जनाएको छ ।उनीमाथी लागेका आरोपका बारेमा बुभ्mन पटक/पटक सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन् ।

उनै लामाका विरुद्ध सार्वजनिक पदमा रहँदा ९ करोड ४४ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा परेका विशेष अदालत परेको मुद्दालाई अदालतले सफाइ दिएसंगै गैरकानुन तबरबाट कारोबार गर्नेको बोलवाला चलेको प्रष्ट हुन आएको छ । करिब एक दशकपछि दोस्रो तहका राजनीतिक नेतामाथि गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा हात हालेको अख्तियारको अनुसन्धान न्यायिक परिक्षणमा असफल भएको हो ।

सबभन्दा ठूलो बिगोको गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा अख्तियार असफल भएपछि लामा रजनीतिक जीवनमा फर्किसकेका छन् । अख्तियारको आरोपपत्र र विशेष अदालतको फैसला हेर्दा तथ्यांक विश्लेषणमा साढे १० करोड रुपैंयाको फरक देखिएको छ । विवादास्पद प्रमुख लोकमानसिंह कार्कीको पालामा लामामाथि मुद्दा दायर भएको थियो ।

लामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट सांसद हुन । विवादित पृष्ठभूमीका उनी यसअघि २०५८ पुसमा गुम्बा विकास समितीका अध्यक्ष थिए । त्यसपछि उनी माओवादी सिफारिसमा व्यवस्थापिका संसद सदस्य थिए । उनीमाथि दोहोरो नागरिकता लिएको आरोप थियो । विवादित बनेपछि एमाले नेता झलनाथ खनालको प्रधानमन्त्रीत्व कालमा अर्थ राज्यमन्त्री बनेका उनी पदबाट हटाइएका थिए । त्यसपछि उनीमाथि छानविनका लागि सरकारले एक आयोग नै गठन गरेको थियो ।

अख्तियारले २०५८ सालदेखि २०७२ पुस मसान्तसम्म लामाको सम्पत्ति छानबिन गरेको थियो । लामा २०५८ सालदेखि दुईपटक गुम्बा विकास समितीको अध्यक्ष बनेका थिए । संघिय मामिला तथा स्थानीय विकास मन्त्रीले गर्ने राजनीतिक नियुक्तीमा उनले लगातार दुई कार्यकाल काम गरे । २०६२ सालमा उनको दोस्रो कालकाल पूरा भयो ।

त्यसको केही समयपछि नै उनी २०६२र६३ को पुनस्थापित संसदबाट रुपान्तरित व्यवस्थापिका संसदमा माओवादी सिफारिसमा सांसद थिए । त्यसपछि उनी अख्तियारले तीन पटक सार्वजनिक अवस्थामा रहेका बखत उनले गरेको आर्जनको छानविन गरेको थियो ।