अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु, ४१ जना भन्दा बढि घाईते

अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु, ४१ जना भन्दा बढि घाईते


अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ मा बस दुर्घटना भएको छ । आज बिहान भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४१ जना भन्दा बढि यात्रु घाइते भएको अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक एक नारायण कोइरालाले जानकारी दिए ।

मृत्यु हुनेमा, मालारानी गाउँपालिका वडा नं ३ बस्ने भानु आचार्यको छोरा बर्ष ९ को अभियान आचार्य, गुल्मी नयाँ गाउँ बस्ने बर्ष ४६ को सुन्तली बि क रहेका छन् ।

घाइते मध्ये २० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई सेनाको हेलिकप्टरबाट उपचारका निम्ति काठमाडौं ल्याउने तयारी भएको छ भने बाँकी केही घाइतेलाई बुटबल ल्याइदैछ ।

प्रहरीका अनुसार अर्घाखाँचीको डाँडाकटेरीबाट सन्धिखर्क हुँदै बुटवल आउँदै गरेको लु १ ख ७५१८ नम्बरको यात्रुबाहक बस सापडाँडामा करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी र स्थानीयहरुको सहयोगमा उद्धार भइरहेको छ ।

स्थानीय पत्रकार सहयोगी विसिका अनुसार सो दुर्घटनाबाट जिल्लाबासी शोकमा डुबेका छन् । बस दुर्घटनको उद्दारमा गुल्मी र अर्घाखाँचीका प्रहरीले खटिएको जनाइएको छ ।

घाइतेको नामावली…