माओबादीले ज्यान लिन खोजेकै ब्यक्तिको घरमा निर्णायक ‘एकता’ वार्ता

माओबादीले ज्यान लिन खोजेकै ब्यक्तिको घरमा निर्णायक ‘एकता’ वार्ता


कुनै समय माओबादीले ज्यान लिने निर्णय गरेका ब्यक्तिकै घरमा बसेर माओबादी–एमाले ‘एकता’ को निर्णयक वार्तालाप भएको जानकारीमा आएको छ ।

ललितपुर मानभवन स्थित ठेकेदार शारदा अधिकारीको ‘दरबारमा’ बसेर प्रचण्ड र के पी ओलीले निर्णयक वार्ता गरेका हुन ।

को हुन् शारदा अधिकारी ?

नुवाकोट तुप्चेका अधिकारीले द्वन्द्वकालमा माओबादीका नाममा चन्दा उठाएर खाएको आरोपमा माओबादीले निजलाई सफाया गर्ने निर्णय गरेको थियो । कृष्णध्वज खड्का नेतृत्वको कमिटीले गरेको उक्त निर्णय माओबादीकै अर्का नेताको पहलमा निष्कृय पारिएको थियो ।

त्यसबेला जन वर्गिय संगठन र जनपरिचालन प्रमुख रहेका मोहन कार्की जीवन्तले पार्टी निर्णयलाई निष्कृय तुल्याएर शारदा अधिकारीको ज्यान जोगाइदिएका थिए । तर अधिकारीले भने आफूले लुकेर ज्यान जोगाएको ठानेका छन् ।

अधिकारीको यतिबेला सैलुङ नामक कन्स्ट्रक्सन कम्पनी संञ्चालनमा छ । सोही कम्पनीले कंलकी–नागढुंगा सडक मर्मतको जिम्मा समेत लिएको बताइन्छ । अधिकारी गृहमन्त्री जनार्दन शर्मा निकट मानिन्छन् । शक्ति र पैसाको हिसाबमा उनी निकै ‘पावरफुल’ रहेको बुझिन्छ ।

जनयुद्ध ताका चन्दा उठाएर खाने अधिकारीको सुनाकोठी (ललितपुर) मा भव्य बंगला रहेको छ भने सीडीयो कार्यालय ललितपुरसङ्गै उनको निजि दरवार छ, जुन दरवार यतिबेला माओवादी–एमाले ‘एकता’ वार्ता का निम्ति प्रयोग गरिएको थियो ।

स्रोतका अनुसार सो दरबार किष्ट बैंकले लिलाम गरेकोमा अधिकारीले सात करोडमा लिलाम सकारेको भवन हो ।

माओवादीको मुखपत्रका रुपमा कुनै समय संञ्चालित एक पत्रिकाको लगानीकर्ता समेत रहेका अधिकारी प्रचण्डको पैसा तह लगाउने एक मूख्य पात्रका रुपमा पनि चिनिने गरेका छन् ।

समाचार सूत्रहरुका अनुसार अधिकारीको ललितपुरमा मात्रै आधिदर्जन भन्दा बढि घर रहेको छ भने उनको ठेक्कापट्टामा एकाधिार जस्तै रहेको बताइन्छ ।