कांग्रेस नेता विमलेन्द्र निधिलाई बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदलको संयोजकको जिम्मा दिइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले निधिलाई संयोजकको जिम्मा दिएको हो ।
कार्यदलमा कांग्रेसबाट निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे छन् ।
त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि कांग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको थियो। कार्यदलको अर्को बैठक आजै साँझ पाँच बजे बस्नेछ ।
प्रतिक्रिया