राजपा र संघीय फोरम बीच चुनावमा तालमेल गर्ने सहमति भएको छ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघीय संसद्को निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमती भएको हो ।
सहमतीमा आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भइ साझा उम्मेदवारको रुपमा भाग लिने उल्लेख छ ।
सो सहमतीमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिने, उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टीदलहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुबै पार्टी संयुक्त रुपले सहभागी हुने सहमति गरिएको छ ।’
यसरी सहमति भएसँगै मधेशवादी दलहरु पनि बलियो दावेदारीका रुपमा उभिने देखिन्छ ।
प्रतिक्रिया