लण्डन । एउटा अध्ययनले अब मानव डिम्ब असीमित हिसाबमा उत्पादन गरेर निःसन्तान रहेका महिलाहरुलाई बच्चा प्राप्तीका लागि मद्दत मिल्ने सन्सनीपूर्ण खबर प्रकाश पारेका छन् । प्रजननका लागि जुन वैज्ञानिक अवधारणा लिएर पुस्तकहरु लेखेर अध्ययन गर्दै आएका छन् । अब यस अध्ययनले ती सबै अध्ययनहरुलाई ओझेलमा पार्ने कुरा खुल्न आएको छ । यस अध्ययनले प्रजननका लागि महिलामा सीमित डिम्ब गर्भाशयमा उत्पादन् हुनेबाहेक अरु विकल्प नरहेको तथ्यलाई नकारीदिएको छ । अनुसन्धानकर्ताहरुले वयस्क महिलाको स्टेमसेल निकालेर लेबोरटरीमा क्रमिक विकास गर्दै नयाँ डिम्ब उत्पादन गर्न सफल भएको कुरा जनाएका छन् । बनिसकेको डिम्बलाई मानव गर्भाशय टिश्युभित्र डिम्बलाई प्रजनन् योग्य बनाएर मुसीभित्र (पोथी मुसा) प्रजननका लागि प्रत्यरोपन् गरेका थिए । ब्रिटिश फर्टिलिटी सोसाइटीका डाक्टर अलान पैसीले … यस अनुसन्धानबाट पेश गरिएको प्रतिवेदनले गर्दा अब यसअघि जुनकुराहरु यससम्बन्धी पढाउने गर्थे, ती सबै पाठ्यक्रमहरु परिवर्तन गर्नु पर्ने आवश्यकता देखिएको छ…. भनेर उद्धृत गरेका छन् ।
हालसालैको अध्ययनले सन् २००४मा पहिलोचोटि महिलाको डिम्ब निकालेर अरुमा प्रजनन् गर्ने कुरामा सीमित राय थियो भने यस अध्ययनले यस कुरामा यकीन भएको कुरा उल्लेख गरेका छन् । अमेरिकी अनुसन्धानकर्ता, न्यू योर्कका जोनाथान टिल्लीले…गर्भाशयहरु प्रयोग गरेर जापानी महिललाई लिङ्ग परिवर्तन गरेपछि यसले प्रजनन् क्षमता नभएका निःसन्तान महिलाहरुका लागि यस वैज्ञानिक पद्धतिले ठूलो विकास गरेर प्रजननको बाटो खुला गरेको छ … भनेका छन् । र, उनले अघि थप्दै .. यसले हामीलाई वास्तवमा मानवलाई चाहिएको डिम्बका असीमित श्रोतको आपूर्ति हुनेछ , यस पद्धतिमा एक जना महिलाबाट सामन्य बायप्सीद्वारा गर्भाशयभित्रको सानो सेल निकालिन्छ अनि सेलहरु निकालेपछि हामीले त्यसबाट सयौ बनाउन सक्नेछौ र सयौबाट लाखौ डिम्ब बनाउन सकिन्छ… भनेका थिए । तर, यस पद्धतिबाट उपचारका लागि अझ निकै समय कुर्नुपर्ने कुराचाँहि खण्डन गर्नेहरुले भनेका छन् । श्रोत-मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया