चुनावी मुखमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई झड्का लागेको छ । सो पार्टीका सह–महासचिव दिलीप धाडेवाले आज पार्टी परित्याग गरेका हुन ।
पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य नरहने गरी आफुले पार्टी परित्याग गरेको उनले जानकारी दिए।
मोरङमा राजपाका दुई–दुईजना जिल्ला संयोजक रहेको र पार्टीले सो विवाद मिलाउन नसकेको उल्लेख गर्दै पार्टीको सम्पूर्ण विवादलाई समाधान गरी सचेत भएर कार्य नगरे अब आफु सो पार्टीमा नर्फने र नयाँ पार्टी गठन गर्ने चेतावनीसमेत उनले दिएका छन् ।
पार्टीले दोस्रो चरणअन्तर्गत स्थानीय तहकोे निर्वाचनलाई बहिष्कार गरेपछि प्रदेश नं–१ अन्तर्गत मोरङका कार्यकर्ता त्यो निर्णयलाई स्वीकार गरिएको बताउँदै राजपाका राष्ट्र मण्डलका सबै नेता प्रदेश नं–२ कै भएका कारण पार्टी निर्वाचनमा सहभागी भएको र यसले मोरङका कार्यकर्ता पार्टीबाट उपेक्षित भएको महसुस गरिरहेको उनले आरोप पनि लगाए ।
उनले मोरङबाट प्रदेशसभा सदस्य निर्वाचनका लागि आफू उम्मेदवार हुने पनि घोषणा गरे ।
प्रतिक्रिया