ललितपुर कांग्रेसबाट महर्जनको एक नम्वरमा सिफारिस

ललितपुर कांग्रेसबाट महर्जनको एक नम्वरमा सिफारिस


चर्चित अन्तर्राष्ट्रिय कराते खेलाडी तथा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन प्रदेशसभा सदस्यका लागि एक नम्वरमा सिफारिस भएका छन् । ललितपुर क्षेत्र नम्वर एक प्रदेश नम्वर ‘ख’ वाट महर्जनको एक नम्वरमा सिफारिस भएको हो । ललितपुर क्षेत्र नम्वर एक प्रदेश नम्वर ‘ख’ मा १५ वडा रहेका छन । जस्मा १३ वडाले महर्जनको नाम अग्रपंतिमा राखेर प्रत्यक्ष निर्वाचनको लागि प्रदेशसभा सदस्यको निर्वाचनको लागि सिफारिस गरेको हो ।

महर्जनलाई कांग्रेस ललितपुर क्षेत्रिय कमिटी र नेका ललितपुर जिल्ला कार्यसमितिले पनि एक नम्वरमा केन्द्रमा सिफारिस गरेको छ । ०४६ सालमा नेकाको सदस्य लिएका महर्जन त्यसपछि सक्रिय राजनिति गर्दै आएका छन । आफ्नो दुई दसक लामो राजनिति यात्रामा महर्जन तरुण दल केन्द्रीय सदस्य, महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य भैसकेका छन । त्यस्तै उनी तीन पटक नेका ललितपुर जिल्ला सदस्य वनिसकेका छन । हाल पनि महर्जन जिल्ला सदस्यमा कार्यरत छन ।

त्यस्तै खेलकुद र राजनितिलाई संगसंगै डो¥याउँदै लगेका महर्जन ०६० सालमा तरुण दलको केन्द्रीय सदस्यमा निर्वाचित हुनुको साथै खेलकुद विभाग प्रमुख बनेका थिए । महर्जन करातेका पाँचौं डान तथा पूर्व राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष पनि हुन ।  साथै ०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा उपत्यका युवा परिचालन समितिको सदस्य बनेर आन्दोलनलाई सफल पार्न अहम भूमिका निर्वाह गरेका थिए ।

क्षेत्र नम्वर एक प्रदेश नम्वर ‘ख’ मा ३५ हजार मतदाता रहेका छन । जसमध्य गोदावरी नगरपालिका चापागाउँमा मात्र १२ हजार मतादाता छन । महर्जन कुल मतको ४० प्रतिसत मत रहेको चापागाउँका स्थायी वासिन्दा हुन । उनले त्यहिवाट आफ्नो राजनिति करिअर सुरु गरेका हुन । उनको त्यो क्षेत्रमा निकै पडक पनि रहेको छ । उक्त क्षेत्रको मतलाई क्षेत्रकै निर्णायक मत मानिन्छ ।

महर्जनको यहि लोकप्रियता र पकडले गर्दा उनलाई प्रत्यक्ष निर्वाचनको लागि जिल्ला, क्षेत्र र ललितपुर जिल्ला कार्यसमितिले पहिलो नम्वरमा सिफारिस गरेको हो । सवै निकायले पहिलो रोजाई राखेर महर्जनलाई सिफारिस गरेपछि उनलाई पार्टीले टीकट दिने प्राय निश्चित भएको छ । असोज २७ गते त्यसको टुङ्गो लाग्ने छ । अहिले महर्जनलाई टीकट दिलाउन सोहि क्षेत्रका सभासद तथा अर्थराज्य मन्त्री उदयशम्सेर राणा लागेका छन । महर्जनलाई टीकट दिलाउन सफल भए राणाको राजनिति पनि सफल हुने स्थानिय जनताको ठम्याई छ ।