नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रत्यक्षबाट नभई समानुपातिकबाट चुनाव लड्न सुझाव दिनुभएको छ ।
देउवालाई सुझाव दिर्दै उहाँले भावी प्रधानमन्त्रीका रुपमा रामचन्द्र पौडेललाई प्रस्तुत गर्नुपर्ने पनि बताउनुभएको छ ।
श्रेष्ठले थप सुझाव दिर्दै भन्नुभएको छ,‘काङ्ग्रेसले दुईतिहाई मत प्राप्त गरे नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र बनाउने, दुईतिहाई नपुगेपनि त्यस निम्ति पहल गर्ने प्रतिबद्धता जनाउनुपर्दछ ।’
उहाँले चेतावनी दिर्दै भन्नुभएको छ,‘यतिकाम नेपाली काङ्गेसले केन्द्रीय समितिबाट पास गरेर निर्वाचनमा जाने हो भने यहाँ वाम, हाम, दाम, जसको जस्तो गठबन्धन भएपनि केही हुनेवाला छैन् । तर आत्मघाति खेल खेल्नतिर लाग्यो भने कोलम्बियाका स्कोबारको जे हालत भयो त्यही हुने हो ।’
प्रतिक्रिया