पदाधिकारी र काङ्ग्रेस संसदीय बोर्डको टुङ्गो लाग्दै

पदाधिकारी र काङ्ग्रेस संसदीय बोर्डको टुङ्गो लाग्दै


नेपाली काङ्ग्रेसको संसदीय बोर्ड र पदाधिकारी विषयको टुङ्गो आज सोमबार साँझसम्म लगाईने गृहकार्य भएको छ । प्राप्त जानकारी अनुसार पार्टीको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माको चयन गर्ने तयारी भएको बुझिएको छ ।

त्यसैगरी, संसदीय बोर्डमा सभापति शेरबहादुर देउवा, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, रामचन्द्र पौडेल, खुमबहादुर खड्का, डा. रामशरण महत, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, सितादेवी यादव, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, माबहादुर विश्वकर्मा र ज्ञानेन्द्रबहादुर कार्कीलाई राखिने भएको छ ।

पुष्पा भुसाल र बालकृष्ण खाँडलाई संसदीय बोर्डमा समाबेश गर्न भैरहेको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन् ।