नेप्सेको सीइओमा साउद नियुक्त

नेप्सेको सीइओमा साउद नियुक्त


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साउदाई नेप्सेको सीइओ नियुक्त गरेको हो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ जनाको नाम प्रस्ताब गरेका थिए । तर, सुदुरपश्चिमका साउदलाई प्रधानमन्त्री देउवाको रुची मन्त्रिपरिषदले नियुक्त गरेको एक मन्त्रीले क्लिकमाण्डूलाई जानकारी दिए ।

अर्थमन्त्रालयले गठन गरेको नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले ३ जनाको अन्तिम नामावली सिफारिस गरेको थियो । मन्त्रालयको वित्तीय ब्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवालीको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेका साउद नेपाल इन्स्यारेन्स कम्पनीका पूर्वमहाप्रबन्धक हुन भने शर्मा प्राध्यापन पेशमा छन् । नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि १३ जनाले आवेदन दिएका थिए । यी आवेदकमध्येबाट छनोट तथा सिफारिस समितिले ५ जनाको संक्षिप्त नाम यसअघि सार्बजनिक गरेको थियो ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत बन्नको लागि नेप्सेकै निवर्तमान प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले पनि आवेदन हालेका थिए । अन्तिम ५ जनाको संक्षिप्त नामावलीमा थपलिया परे पनि अन्तिम ३ मा सिफारिस हुन सकेनन् ।