राप्रपा नेपाललाई सात सिट दिन काङ्ग्रेस तयार

राप्रपा नेपाललाई सात सिट दिन काङ्ग्रेस तयार


राप्रपा नेपाललाई सात सिट दिन काङ्ग्रेस तयार भएको छ । दुई दलवीच भएको निर्णायक छलफलमा राप्रपा नेपाललाई सात सिट दिन काङ्ग्रेस तयार भएको हो ।

उच्च समाचार स्रोतका अनुसार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग काङ्ग्रेस सभापति शेरबहादुर देउवाले चुनावी तालमेलमा बैतडी, बाँके, धादिङ्, झापा, मकवानपुर लगायतका जिल्लामा प्रत्यक्ष तर्फ एक/एक सिट दिने सहमती गरेका हुन ।

सहमतीसँगै काङ्ग्रेस नेता इन्द्र बानिँयाको जिल्ला मकवानपुरबाट राप्रपा अध्यक्ष कमल थापा प्रत्यक्ष तर्फ उम्मेदवारी दिने भएका छन् । स्रोतका अनुसार बानिँयालाई अर्को क्षेत्रबाट उठाउन काङ्ग्रेस सभापति देउवालाई थापाले दबाब दिइरहेको जानकारी प्राप्त भएको छ ।

यता, काङ्ग्रेसले झापा स्थित राप्रपाका नेता राजेन्द्र लिङदेनको क्षेत्रमा राप्रपासँग तालमेल गर्ने सहमती जनाएसँगै लिङदेन उम्मेदवार बन्ने पक्का भएको छ । काङ्ग्रेसले राप्रपालाई ७ सिट दिने सहमती गरेपनि अन्य साना दलहरुले चुनावी तालमेलका क्रममा धेरै सिट माग्दा काङ्ग्रेसलाई मिलाउन हम्मेहम्मे परेको छ ।

राप्रपासँग सहमती गरेको काङ्ग्रेसले राजपा र उपेन्द्र यादवको फोरमसँग पनि सिट बाँडफाडका विषयमा अन्तरिक रुपमा छलफल गरिरहेको छ ।

राजपा र फोरमले तराईका जिल्लामा ५० प्रतिशत भन्दा बढि आफुहरुले पाउनुपर्ने दावी गरेका छन् । स्रोतका अनुसार पछिल्ला छलफल सकारात्मक रहेको बुझिएको छ ।