सुरक्षा चासोमा सरकार गम्भीर नहुँदा गौचनको हत्याः नीजि क्षेत्र

सुरक्षा चासोमा सरकार गम्भीर नहुँदा गौचनको हत्याः नीजि क्षेत्र


नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएकोमा विभिन्न व्यवसायिक संगठनले भत्र्सना गर्दै घटनामा संलग्नको पहिचान गरि कडा कारवाही गर्न सरकारसंग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कर्मस र नेपाल घरेलु तथा साना उद्योग महासंघले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै घट्नाले उद्यमी व्यवसायी त्रसित हुनुका साथै काम गर्न समेत असुरक्षा भएको उल्लेख गरेका छन् ।

महासंघले विज्ञप्तिमा भनेको छ,‘दिनदहाडै व्यवसायीको बर्बर र अपराधिक कार्य गर्नेहरुबाट भएको कायर कार्यको निन्दा गर्दछौ ।’ महासंघले भनेको छ, ‘शान्तिको सास फेर्न पाइन्छ कि भन्ने आसमा रहेका आम नेपाली जनतामा यस बर्बर घटनाले पुनः एक पटक झस्काइदिएको छ, उद्यमी व्यवसायी त्रसिद हुन पुगेका छन ।’

सरकारलाई सबै भन्दा बढी राजस्व तिर्ने उद्यमी व्यवसायी वर्गनै असुरक्षित हुँदा निजी क्षेत्र अत्यन्त दुःखित भएको समेत विज्ञप्तिमा उल्लेख छ । जनताको सुरक्षा चासोमा सरकार गम्भीर नहुँदाको परिणामनै यो घटना भएको महासंघको ठहर रहेको जनाएको छ ।

यसैगरी, चेम्बरले गौचनमाथि भएको गोली प्रहारको भत्र्सना गर्दै गौचनमाथि दिनदहाडै गोली प्रहार गरी हत्या हुनुले सरकारको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टी भएको जनाएको छ । चेम्बरले विज्ञप्तिमा लेखेको छ,‘राजधानीको मुटु नयाँं वानेश्वरमा आफनै गाडीमा हिडिरहेका व्यवसायीको हत्या हुनुले निर्माण व्यवयासीहरु मात्रै होइन, नेपालका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई नै मर्माहत तुल्याएको छ, देशभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँंदा वैदेशिक लगानी समेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकोले सुरक्षा व्यवस्था प्रति गम्भीर हुन सरकारालाई अनुरोध गर्दछौं ।’

यसैगरी, परिसंघले गौचनको हत्या अमानविय र कायरतापूर्ण भन्दै घट्नाको भत्र्सना गरेको छ। परिसंघले भनेको छ, ‘देश क्रमशः राजनितिक स्थायित्वतर्फ गईरहेको र व्यवसायले प्राथमिकतापाउदै गरेको अवस्थामा राजधानीको व्यस्त स्थानमा व्यवसायीको हत्याहुँदा सम्पूर्ण व्यावसायिक क्षेत्रमापुनःत्रास र संसयको अवस्था श्रृजना भएको छ । यस प्रकारको अमानवियकार्यले मुलुकमाविस्तारै बन्दै गरेको लगानीको वातावरणमा समेत नकारात्मक असर पु¥याउने परिसंघको ठहर छ ।’

यसैगरी, नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि सो घटनालाई क्रुर भएको भन्दै गहिरो खेद तथा दुःख व्यक्त गर्दै गरेको छ । बर्बर, आपराधिक कार्यको महासंघ घोर निन्दा एवं भत्सर्ना गर्दै यस प्रकारको अमानवीय र कायरतापूर्ण कार्यप्रति घोर आपत्ति प्रकट गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन महासंघ सरकार समक्ष जोडदार माग गरेको छ ।

घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न र मुलुकभित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास दिलाउन महासंघ सरकारसग माग गरेको छ । राष्ट्रिय चाडबाड को सेरोफेरोमा विशेष सुरक्षा ब्यवस्था लागु गरिएको भन्ने सुरक्षा निकायहरुको दाबीका बिचमा यस्तो घट्ना हुनुले सुरक्षा ब्यवस्था प्रती बिस्वस्त हुने स्थिती नरहेको महासंघको ठहर छ । देशको अर्थतन्त्रलाई टेवा पु¥याउने उद्योगी तथा व्यवसायीहरुको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न बिशेष सुरक्षा ब्यवस्था लागु गर्न महासंघ सरकार समक्ष जोडदार माग गरेको छ ।