सिरहाको लहान नगरपालिकास्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल परिसरभित्र सञ्चालित आधा दर्जन औषधि पसल १५ दिनभित्र खाली गर्न अस्पताल प्रशासनले निर्देशन दिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिलकुमार कुशवाहाले अस्पताल परिसरभित्र सञ्चालनमा रहेको सूर्य मेडिकल हल, जनकल्याण मेडिकल हल, शक्ति मेडिकल हल, एच के मेडिकल हल, कुशवाहा मेडिकल हल, यादव मेडिकल हल र विजय मेडिकल हललाई पत्र काटेर यस्तो निर्देशन दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयबाट अस्पताल परिसरभित्र कुनै पनि औषधि पसल राख्न नदिने र सञ्चालनमा रहेका पसल तत्काल बन्द गर्न लगाउनु भन्ने परिपत्र आएकोले अस्पताल विकास समितिको बैठकले सञ्चालन गर्न दिएका औषधि पसलको बाँकी भाडा बुझाई सटर गर्न पत्र काटिएको मेसु कुशवाहाले जानकारी दिए ।
प्रतिक्रिया