लण्डन । बेरोजगार निकोलास पिटर कामको खोजीमा भौतारिँदा एक हजार तीनसयवटा कामको निवेदन विभिन्न कम्पनीहरुमा दिएका थिए । तर, उनलाई ती निवेदनहरु उपर कसैले पनि कामका लागि स्वीकार गरेनन् । उनले विगत २६ महिनादेखिको उपलब्धि विहीन् नोकरी प्राप्त गर्ने प्रयासमा फलफुल टिप्ने कामदेखि फार्महाउस्ा सफाइकर्मी, वेयर हाउसम्यान र दुकान सहायकजस्ता कामहरुका लागि निवेदन दिँदै आएका छन् ।
२१ वर्षीय पिटर पाँच हप्ता पहिले एउटा सन्तानको बाबु बनेका छन् । यति धेरै निवेदनहरु दिँदा केवल दश ठाउँबाट मात्र उनलाई अन्तरवार्ताका लागि बोलाएका थिए । तर, ती अन्तरवार्ता दिएका कुनै ठाउँमा कामको लागि उनि सफल हुन सकेनन् । अहिले घरमा उनले दिएका सयौं निवेदनहरुको अस्वीकृत पत्रहरु प्राप्त गरिरहेका छन् । उनलाई म्याकडोनाल्डले म्याकका लागि योग्य नरहेको भनेर काम दिएन । त्यस्तै एउटा फलफूल टिप्ने कम्पनीले पोलिश भाषा बोल्न नजानेकोले काममा राखिएन भनेर उनी भन्छन् । फोक्स्टन, केन्ट निवासी पिटरले … कामले गर्दा नींद हराम भएको छ, मैले फोक्स्टन, डोभर, क्यान्टरबरी र अशफोर्ड सबै ठाउँहरुमा कामको खोजीमा निवेदन दिइसकेको छु, म आफैले आफूलाई कामको मामलामा सबैभन्दा अभागी बेरोजगार ठान्दछु, म एकदमै मिहिनेती छु, यतिबेला म आर्थिक सङ्कटमा छु, मैले आफ्नो पार्टनर र बच्चाको लागि मजदूरी गरेर आर्थिक सहयोग गर्नु परेको छ …. भनेका छन् ।
१६ वर्षको उमेरमा जीसीर्एर्सइ चारवटा विषयमा पास गरेर पिटरले पढाइ छाडेका थिए । उनले जीसीर्एर्सइमा म्याथ र इङ्लिसमा क्रमशः सी र डी ग्रेडिङ प्राप्त गरेका थिए । उनि फोक्स्टन जब सेन्टरमा विगत १४ महिनादेखि धाउँदै आएको छ । सरकारले बेरोजगार व्यक्तिहरुका लागि नौ महिनासम्म बेरोजगार रहेपश्चात “ब्याक टू वर्क” अर्थात फेरि काममा लगाउने कार्यक्रमको अन्तर्गत काममा लगाइदिने प्रक्रिया गर्दछ । तर, विगत २ वर्षदेखि पिटर कामको पर्खाइमा बसेका छन् । श्रोत – मेट्रो, सुमल, मेस ।
प्रतिक्रिया