एमालेका शीर्ष सबै नेता प्रत्यक्ष उम्मेदवार बन्ने

एमालेका शीर्ष सबै नेता प्रत्यक्ष उम्मेदवार बन्ने


नेकपा एमालेले आफ्ना सबै शीर्षनेताहरुलाई प्रत्यक्ष चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ । समन्वयका लागि केही नेता समानुपातिकमा बस्नुपर्ने कतिपय नेताले मनसाय व्यक्त गरेका थिए । तथापि बैठकले सबै शीर्ष नेता प्रत्यक्ष चुनावमा होमिने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकले देशभरिको समन्वय गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको बैठकपछि सचिव गोकर्ण विष्टले बताए । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित मूल नेतृत्व प्रत्यक्ष उम्मेदवार बन्ने निर्णय गरेको हो ।

सचिव बिष्टका अनुसार ओलीनै केन्द्रीय निर्वाचन परिचालन तथा संयोजन समितिको संयोजक हुनेछन्  बैठकमा सबै शीर्षनेताहरु प्रत्यक्ष उम्मेदवार बन्दा देशभरिको समन्वय गर्ने नेता नहुने र सबै क्षेत्रमा समान ध्यान नपुग्ने केही नेताले कुरा उठाएको स्रोतले जनाएको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संयोजन तथा परिचालन कमिटीको नेतृत्व पनि अध्यक्ष ओलीले नै गर्ने निर्णय लिएको छ ।