नेपाल कम्युनिष्ट पार्टीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति घोर भत्र्सना गरेको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंको केन्द्र बानेश्वरमा गोली हानी गरिएको हत्या गम्भीर प्रकृतिको भएको बताएका छन् । साथै उनले यो घटनाले राज्य भित्र नागरिहरूको सुरक्षाको अवस्था कति भयावह छ भन्ने सावित गरेको जनाएका छन् । उनले उच्चस्तरका व्यवसायीको अवस्था यस्तो छ भने साधारण नागरिकको अवस्था कति अस्तव्यस्त होला सहजै अनुमान गर्न सकिन्छ विज्ञप्तीमा भनेका छन् ।
विप्लवले जारी गरेको विज्ञप्तिमा ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टचार, देश बेच्ने राष्ट्रघात, जनताको दमन गर्ने जनघात र जनताको जीवनप्रति खेलवाड गर्ने कार्यमा लिप्त हुनुका कारण जिम्मेबार नागरिकहरूले यो दुःखद घटनाहरू बेहोर्नु परेको हो ।’ भनिएको छ ।

प्रतिक्रिया