एसियन बुद्धिचालमा सुजेन्द्रको उत्कृष्ट प्रदर्शन

एसियन बुद्धिचालमा सुजेन्द्रको उत्कृष्ट प्रदर्शन


न्युजिल्यान्डमा संचालन भैरहेको ८ औ एशियन सिनियर बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडी सुजेन्द्रप्रसाद श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका छन् । नेपालका फिडे मास्टर सुजेन्द्रले दोश्रो र तेश्रो चरणको खेलमा उत्कृट खेलको प्रदर्शन गर्ने क्रममा अष्ट्रेलियाका केन स्ट्राक र न्यजिल्याण्डका एफएम २१९६ रेटेड मिचेल स्टेडम्यान माथि सानदार विजय हासिल गरेका छन । यो जित संगै सुजेन्द्रले २ अंक प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपालका १९७४ रेटेड खेलाडी रविन्द्र शाक्यले फिलिपिन्सका २०८२ रेटेड स्फान बागमास्बादसंग दोस्रो चरणको खेलमा बराबरी गरि १. ५ अंक बनाएका छन् । उनी तेस्रो चरणको खेलमा न्युजिल्यान्डका २२२३ रेटेड खेलाडी रोबोर्ट स्मिथसंग प्रतिस्पर्धामक खेलमा पराजित भएका थिए ।

नेपालका अनरेटेड खेलाडी राजभाई शाक्यले आफ्नो दोश्रो अन्तर्राष्ट्रिय खेलमै आफ्नो पपुवान्युगिनिका १९३५ रेटेड अन्तर्र्रािष्ट्रय खेलाडीसंग मजाले वरावरी गरि १.५ अंक प्राप्त गरेका छन् । बुधबार चौथौ चरणको खेलमा सुजेन्द्रले न्युजिल्यान्डका मिलगेन हेलेन, पपुनिगुवानियाका प्रेस प्रसानसंग र राजभाईले फिलिपिन्सका स्फान बागमास्बादसंग खेल्नेछ ।