कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि हुने बताएका छन् ।
राजधानीमा भएको साक्षात्कारमा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि हुने बताउँदै मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने स्पष्ट पारे ।
उनले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने संकेत गरे ।
केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे ।
उनले भने,‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन । निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि ? भनेर शंका गरेको छ, विगतका निर्वाचनमा पनि एमाले शंका गरेको थियो, सरकारले त्यो शंकालाई व्यर्थ सावित गरिदिएको थियो ।’
५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिँदै मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेको जानकारी दिए ।
उनले भने,‘राष्ट्रिय सभाको निर्वाचनको लागि एमाले र माओवादी केन्द्रले एक स्वरमा विरोध जनाईरहेका छन् ।’
स्थानीय तहको निर्वाचनका बेला पाएको जनमतको आधारमा लोकतान्त्रिक गठबन्धन बन्ने बताउँदै थापाले भने,‘काँग्रेस वाम एकता देखेर टसको मस भएको छैन्, यस्ता पवित्र,–अपवित्र गठबन्धन काँग्रेसले धेरै भोगिसकेको छ, हामीले यस्ता गठबन्धन पार गरेका छौं, अहिले गृहकार्य भैरहेको वाम गठबन्धन अप्राकृतिक छ, राष्ट्रपतीय प्रणालीमा उभिने आन्तरिक सहमति भएको सुनिँदैछ, यो लोकतन्त्रमाथिको प्रहार हो ।’
मन्त्री थापाले आफूहरुले दलहरुवीच भएको चुनावी तालमेलको निर्णयलाई स्वभाविक रुपमा लिएको समेत विश्वास दिलाए ।
मन्त्री थापाले पूर्व पदाधिकारीलाई सुविधा दिनुपर्ने धारणा राखे । मुलुकको हितका निम्ति योगदान पु¥याए वापत सम्मानस्वरुप पूर्वपदाधिकारीलाई राज्यले सुविधा दिनुपर्ने धारणा राखेका हुन ।
प्रतिक्रिया