६ मन्त्रीसहित सचिवलाई विकास समितिले एकैदिन डाक्यो

६ मन्त्रीसहित सचिवलाई विकास समितिले एकैदिन डाक्यो


संसदको विकास समितिले अर्थमन्त्री ज्ञान्नेद्रबहादुर कार्कीसहित एकैदिन ६ जना मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समितिको बैठकमा डेकेको छ ।

समिति सभापति रवीन्द्र अधिकारीका अनुसार भोली बस्ने विकास समितिको बैठकमा अर्थसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र सहरी विकास मन्त्रालयका मन्त्री र सचिवलाई डाकिएको हो ।

राष्ट्रिय गौरवका आयोजना तथा मन्त्रालयगत विकास आयोजनाहरुको प्रगतिको अवस्था सम्बन्धमा छलफल गर्न मन्त्री र सचिवहरुलाई बैठकमा डाकिएको अधिकारीको भनाई छ ।