बाम गठबन्धनमा डा. बाबुरामलाई धोखा !

बाम गठबन्धनमा डा. बाबुरामलाई धोखा !


माओवादी छाडेर नयाँ शक्ति बनाएका डा बाबुराम भट्टराईलाई पछिल्लो समय माओवादी पार्टी नै बाधक बन्ने भएको छ । नेकपा एमाले समेतसंग बाम गठबन्धन बनाएता पनि डा.भट्टराईलाई भने आफनै तात्कालिन मातृ पार्टी माओवादी केन्द्र नै बाधक बन्ने भउको हो ।

नेकपा माओवादी केन्द्रले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई काठमाडौंबाट उम्मेदवार बन्न सुझाएको छ । भट्टराईले भने गोर्खा क्षेत्र नं २ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । तर, माओवादीले भने नारायणकाजी श्रेष्ठलाई गोर्खा २ बाट उम्मेदवार बनाएर भट्टराईलाई पन्छाउन खोजेको हो।

माओवादी केन्द्रले एमालेको चुनाव चिन्ह लिएर भट्टराई उठेपछि गोर्खामा राजनीति गर्न आफूलाई अप्ठेरो हुने महसुस गरेको हो । सिट बाँडफाँटको कार्यदल बैठकमै माओवादी केन्द्र नयाँ शक्तिका संयोजक भट्टराईलाई गोर्खा २ दिन तयार नभएको हो ।

स्रोतका अनुसार कार्यदल बैठकमै ‘समृद्धिको राजनीति गर्ने मान्छे त काठमाडौंबाट उम्मेदवार बन्नुपर्छ’, भन्दै भट्टराईलाई माओवादी केन्द्रले गोर्खामा नउठ्न सुझाएको हो । माओवादीले गोर्खालाई प्रतिष्ठाको विषय बनाएको छ। बाबुराम र नारायणकाजीको गोर्खामा एउटै निर्वाचन क्षेत्र हो ।

स्थानीय निर्वाचनमा पालुङटार नगरपालिका नयाँ काँग्रेस विजयी हुँदा माओवादी केन्द्र दोश्रो र नयाँ शक्ति तेश्रो भएको थियो। तर, मतअन्तर झिनो छ । बाम गठनबन्धन बनाएर भट्टराई सूर्य चिन्हमा उम्मेदवार भएपछि माओवादी केन्द्र र एमालेले त्यहाँ उम्मेदवारी दिने छैनन् ।

यस्तोमा गोर्खा २ का माओवादीहरूले पनि सूर्य चिन्हको प्रचार गर्नुपर्छ । एमालेको सहयोग पाउँदा भने भट्टराईलाई त्यहाँ थप सहज हुनेछ । गोर्खा क्षेत्र नं २ मा पालुङटार सहित अजिरकोट गाउँपालिका, सिरानचोक र सुलिकोट पर्दछन् ।

आफूलाई माओवादी केन्द्रले अन्यन्त्र जान सुझाएपछि भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बिहान छलफल गरेका छन् ।