ट्रकले ठक्कर दिएपछि रेखा थापा कार दुर्घटनामा परिन्

ट्रकले ठक्कर दिएपछि रेखा थापा कार दुर्घटनामा परिन्


फिल्म ‘रुद्रप्रिया’ को प्रमोशनमा व्यस्त अभिनेत्री रेखा थापा कार दुर्घटनामा परेकी छिन् । प्रहरीका अनुसार रेखा आफैले कार हाँकेकी थिइन् ।

बुधबार दिउँसो करीब सवा १२ बजे चावाहिलमा माल बाहक ट्रकले ठक्कर दिँदा रेखाको कारमा ठूलो क्षति पुगेको छ । तर, रेखालाई ट्रकको ठक्करबाट कुनै क्षति नपुगेको र अवस्था सामान्य भएको जनाएको छ ।

अभिनेत्री रेखा सकुशल रहेको र अहिले रेखा र ट्रक चालक गौशला प्रहरी वृत्तमा रहेको ट्राफिक प्रभाग गौसलाका प्रहरी निरिक्षेक राजन कार्कीले बताए ।

टीभी फिल्मीमा अन्तर्वाता दिएर मित्र पार्कमा रहेको अम्बे अर्पाटमेन्ट फर्किँदै गर्दा उनको कारलाई ट्रकले ठक्कर दिएको जनाएको छ ।