अर्जेन्टिना विश्वकपमा छनोंट, नेपालमा खुशियाली

अर्जेन्टिना विश्वकपमा छनोंट, नेपालमा खुशियाली


  • श्रीबिक्रम भण्डारी,

आगामी वर्ष सन २०१८ मा रसियामा आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना छनोंट भएको छ । विश्वकप छनोंटका लागि निकै महत्वपूर्ण मानिएको अर्जेन्टिना र इक्वेडर विचको खेलमा अर्जेन्टिनाले सनसनीपूर्ण विजय हासिल गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इक्वेडरको गृह मैदानमा भएको निकै सनसनीपूर्ण खेलमा होम ग्राउण्डको फाइदा उठाउँदै इक्वेडरले पहिले अग्रता लिएको थियो । अग्रतासंगै दबाव परेको अर्जेन्टिनाले त्यसपछि आक्रमक रुपमा प्रस्तुत भएको थियो ।

खेलको १२ औं मिनेटमा कप्तान लिओलन मेसीले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । २० औं मिनेटमा मसीले दोश्रो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको ६२ औं मिनेटमा मेसीले अर्को गोल थपेर आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

मेसीको ह्याट्रिकसंग अर्जेन्टिना विजय मात्र नभै विश्वकपको लागि समेत छनोंट भएको थियो । यसरी समग्रमा इक्वेडर अर्जेन्टिनासंग ३–१ ले पराजित भएको थियो । यो खेलमा अदुभुत प्रदर्शन गरेका मेसी रातारात चर्चाको शिखरमा पुगेका छन् । उनको यो प्रदर्शनले पुनः अर्जेन्टिनालाई विश्वपको दावेदारको रुपमा चर्चा गरिन थालेको छ ।

छनोंट चरणमा अर्जेन्टिनाले नाम अनुसारको प्रदर्शन गर्न सकेको थिएन् । परिणाम, अर्जेन्टिना विश्वकपमा छनोंट हुने कुरामा समेत शंका उत्पन्न भएको थियो । तर यी सवै अड्कल र अनुमानलाई गलत सावित गर्दै समग्रमा तेश्रो स्थान हासिल गर्दै अर्जेन्टिनाले विश्वकपको टीकट काट्न सफल भएको छ ।

दक्षिण अमेरिकी छनोंट चरणवाट ब्राजिल पहिलो र उरुग्वले दोश्रो स्थान हासिल गरेका छन । अर्जेन्टिना सन १९७४ देखि निरन्तर रुपमा विश्वकपमा छनोंट हुँदै आएको छ । अर्जेन्टिना विश्वकपमा छनोंट भएपछि नेपालमा पनि खुशियाली मनाईएको छ । अर्जेन्टिना विश्वकपमा छनोंट गराउन रातभर नसुतेका अर्जेन्टिनी टीमका नेपाली फ्यानहरुले यो विजयलाई विश्वकप विजयको रुपमा लिएका छन ।

जव अर्जेन्टिना कठिन समयमा उत्कृष्ट प्रदर्शन गर्छ र विजय हुन्छ त्यो अर्थ विश्वकप जित्छ उनीहरुको तर्क थियो । अव नेपाली फ्यानहरुको तर्क सन २०१८ को विश्वकपमा कति सहि सावित हुन्छ त्यो प्रतिक्षाको विषय बनेको छ ।