देशद्रोही नेताहरुको कालो अनुहार

देशद्रोही नेताहरुको कालो अनुहार


माओवादी, कांग्रेस, एमालेका भ्रष्ट-देशद्रोही नेताहरुको कालो अनुहार-दीर्घराज प्रसाई
नेपालमा केही समयदेखि देशद्रोही, भ्रष्ट बहुरुपी पार्टीका नेताहरुको हालिमुहाली छ । यिनीहरुलाई कडा कारवाही नगरिञ्जेलसम्म नेपाली जनताले शान्तिपूर्वक बस्न पाउने छैनन् । यो देशको अधोगगि बनाउनेमा कांग्रेसका गिरिजा नै हुन् । उनीपछि भारतपरस्त मानिएका माओवादी डा. बाबुराम भट्टराई हुन् । बाबुरामले कसरी पढे, उनी कस्तो नेपाल चाहान्छन् र कस्को सहयोगमा प्रधानमन्त्री बने भन्ने कुरा खोतलिरहनु आवश्यकता छैन । स्पष्ट छ कि उनको शरीर नेपाली भए पनि उनी भारतीय प्यादा रहेछन् । उनी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट विशाल नेपाल सिर्जना भएको मान्दैनन् । १९९७ सालमा प्रजातन्त्रको लागि निरंकुश राणा शासन बिरद्धमा प्राण आहुति गरेका अमर चार सहिदहरु र राजा त्रिभूवनको देन स्वीकार्दैनन् । उनी नेपालको राष्ट्रिय पोसाक मान्देनन् । उनी नेपालमा विक्रम संवत्को सट्टा इस्वी संवत् राख्न चहान्छन् । हिन्दुराष्ट्रमा क्रिस्चियनकरण गर्न चाहान्छन् । उनीबाटै माओवादी कम्युनिष्टहरु प्रयोग भए । उनको विद्यावारिधी सबै राष्ट्रघातका आधारशीला मात्र रहेछन् । भारतीय गुप्तचर संस्थाले जे-जे भन्छ त्यही-त्यही गर्छन् उनी । उनले जे बोल्छन् बिर्सिन्छन् र अर्कोपटक फेरि अकै कुरा गर्छन् । बाबुराम भट्टराई कांग्रेसका गिरिजा भन्दा ठूलो देशद्रोही हुन् । यस्ता थोत्रा, निकम्वा, थेच्चड मान्छे जस्ता राक्षसरुपी अपराधीको नेपाली आमाको कोखमा जन्म हुनु ठूलो अभिसाप हो । बाबुराम भट्टराई एक निन्दनीय लाचार व्यक्तिको रुपमा समयमैं चिनिएका छन् ।

उनी कति षडयन्त्रकारी छन् भन्ने कुरा पाँच बर्षअगाडि त्रिपुरेश्वरमा बम बिष्फोटनमा बच्चासहित मानिसहरु मारिए । त्यसकाण्डलाई बाबुराम भट्टराई र गृहमन्त्री बनेका भारतीय गुप्तचरका अर्का प्यादा कृष्ण सिटौलाले यो काण्ड दरबारले गराएको हो भनेर बोले । तर उनीहरुकै मतियार बब्बन् सिंहले गराएको रहेछ । तिनै व्यक्ति पछि सभासदमा रौतहटबाट निर्वाचित भएका थिए । २०६८ फाल्गुण महिनामा बबुरमहल आयल निगमअगाडि बम बिष्फोटन भयो, तीनजना मरे अरु घाइते छन् । त्यो काण्ड गराउनमा राजावादी र राजावादी हुँ भन्नेहरुले गराएका हुन् भन्ने प्रहरी रिपोर्ट प्रसारित गराएर त्रसित गराउने डिजाइन् बाबुराम भट्टराईले झिकेका छन् । त्यत्तिले नपुगेर राजा ज्ञानेन्द्र अत्यधिक लोकप्रिय भएकोमा डाढ लागेर भन्न लागेका छन्- ‘यो संकर्मणकालमा संविधान बन्न नदिनको लागि राजा ज्ञानेन्द्र सक्रिय बन्दै विभिन्न धार्र्मि स्थलहरुमा पुगेर जनता भाँड्दै छन्’ भन्न लागेका छन् । यिनीहरुबाट कुनै संविधन बन्दैन । तैपनि सत्ताको आडमा यिनीहरुले जनतालाई ढाँटदै ब्रम्हलुट मच्चाइरहेका छन् । सत्ताको मोहमा परेर बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि भनेका थिए- ‘४५ दिनभित्र माओवादी सेना र लुटिएको सम्पति फिर्ता गरिनँ भने म सत्तामा रहने छुइनँ’ भनेका बाबुराम भट्टराईल भने ‘बल्लबल्ल सत्ता भेटेपछि कसले पाए सत्ता छोड्छ । हिजो प्रचण्डले सत्ता छोडेर गल्ती गरे अव त्यस्तो गल्ती गरिन्न ।’

कांग्रेस र एमाले भन्दा माअवादीले नेपाली जनतालाई बेहकुफ बनाउँदै आएको छ । स्मरण रहोस् संविधानसभाको तोकिएको म्याद दुई बर्षको हो । यिनीहरुले जनताको अभिमत बिना संविधानसभाको म्याद पटक-पटक थपेर ४ बर्षको बनाए । चारबर्षमा पनि संविधान बन्दैन । यिनीहरु संविधान बनाउन, देश बनाउन आएका होइनन् । सत्ताको आडमा ब्रम्हलुट मच्चाउन आएका लुटेराहरु हुन् । यिनीहरुबाट जनताको अभिमत बिना जबरजस्त संविधानसभाको थपिएको दुई दबर्षको तलब, भत्ता, सुबिधा कडिकडाउ गरेर राज्यले फिर्ता गराएर जेलमा कोच्नु पर्दछ । माओवादीको चरित्र बारेमा वरिष्ट पत्रकार माथवर सिंह थापा पूनर्जागरणमा लेख्छन्-‘माओवादी कहिले चीनका माओका अनुयायी जस्तो, कहिले भारतका अनुचर जस्तो, कहिले उघै कान्तिकारी, कहिले प्रतिक्रियावादी, कहिले संशोधनवादी, कहिले पोल्पार्ट जस्ता, कहिले ओसमा बीन लादेन जस्तो, कहिले रत्नाकार डाँका जस्तो, कहिले प्रभाकरण जस्तो, कहिले बुद्धको नक्कल गर्ने बानर जस्तो आकार र साइज बिनाको बिनासकारी झुण्ड हो ।’

माओवादीको आफैले बैंक लुट्ने, आफैले मान्छे मार्ने अनि आफै सत्तामा रहेका बेला आफूहरुले गरेका अपराधहरुको बिरद्धका परेका मुद्धाहरु फिर्ता लिने कस्तो लुच्चोपन ? स्मरण रहोस्- बाबुराम भट्टराई र प्रचण्डले ब्यैंक लुटेको, मान्छे हत्या गराएका कैयौं अपराधका मुद्धाहरु पर्वत जिल्ला अदालतमा दर्ता भएको थियो । प्रधानमन्त्री पदको दुरुपयोग गर्दै, आफूहरुले नै लुटेको सम्पति र मारिएका र जनताको लुटिएका सम्पतिको क्षतिपूर्तिको व्यवस्था नगरी गोप्यरुपमा मुद्धा खारेज गरिएको छ । यो भन्दा निन्दनीय कुरा बाबुराम भट्टराईको के हुन सक्छ ? बाबुराम भट्टराई जस्ता राष्ट्रघातीहरु नेपालमा ३०।४० जना होलान् । ती सबैलाई विदेशीले कुनै न कुनै प्रकारले आफ्नो पक्षधर बनाएर नेपालको अधोगति बनाउन पाल्दै आएका छन् । नेपाललाई यो अन्धकार अवस्थामा पुर्‍याउनेहरु मध्ये सबैभन्दा राष्ट्रघाती अपराधीहरु मध्ये कांग्रेसका गिरिगा हुन् ती मरेर गइसके । बाचेकाहरुमा अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराई र सभामुखको पद ओगटेका राष्ट्रघाती सुबास नेम्बाङ हुन् । मुख्य यिनीहरुको कारणले नेपालको यो अधोगति हुन पुगेको हो । राजनीतिको नाममा देशलाई र आफ्ना कार्यकर्तालाई धोका दिनेहरुको बिरुद्ध सबैपक्ष खनिन्छन् । माओवादी सत्तामा आएपछि जनता त रुष्ट नै छन. तर माओवादी बरिष्ट तहका कार्यकर्ताहरु रुष्ट छन् । माओवादीका नेपाल जनसास्कृतिक मञ्चका महासचिव माओवादी नेता माइला लामाले चेतना दिदै भनेका थिए-‘कुनै दिन गल्ली र विशाल महलमुन्तिर माओवादी नेताका लास ढलिरहेको देखेमा अन्यथा नमाने हुन्छ । जनयुद्धका कमाण्डर प्रचण्ड र बाबुरामले देश र जनता माथि घात गरिरहेका छन् । उनीहरुले आफ्नो संतानको भविष्य बनाउन षडयन्त्र गरे भने सहिदका परिवार, बेपत्ता, घाइते अपाङ्गहरुले छोड्ने छैनन् ।’

मति भ्रष्ट भएपछि अमर व्यक्तित्वहर पनि स्वर्गबाट नरक खस्छन् । नेपालमा जतिपटक आन्दोलनहरु भए ती सबै आन्दोलनको नेतृत्व देशभक्त नेताहरुको हातबाट नभएर विदेशी दलालहरुबाट भएकाले परिवर्तन र आन्दोलनहरुले मूर्तरुप लिन सकेनन् । आन्दोलनपछि जनताको मागलाई संवोधन गर्नतिर नलागेर कथित आन्दोलनकारी दलालहरुले संसदीय व्यवस्था र साम्यवादी व्यवस्थाको माखेसाङ्लोमा परेर विदेशीहरुको सक्रियता र सहयोगको पछि लागेर नेपाललाई संकटमा फसाउन भ्रष्ट, देशद्रोहीहरु लागिपरेका छन् । त्यसको लागि प्रधानमन्त्री बाबुराम भट्टराई खुलेर वकालत गर्दैछन् । २०६३ सालपछि नै बाबुराम भट्टराई, कांग्रेसका कृष्ण सिटौला र राष्ट्रघाती मघेसीहरु मिलेर नेपाललाई फिजी बनाउने जुन षडयन्त्रमा लागेका थिए । दुःखको कुरा २०६३ सालमा जन्मको आधारमा ४०सौं लाख भारतीयहरुलाई नागरिकताको प्रमाणपत्र दिएको थियो । त्यो अवैधानिक छ । तर त्यसैलाई २०६३ सालमा जन्मका आधारमा नागरिकता प्राप्त गरेकाहरुलाई जन्मसिद्ध नागरिकताको प्रमाणपत्र दिलाउन यिनै राष्ट्रघाती बाबुराम भट्टराई र भारतीय प्यादा गृहमन्त्री विजय गच्छेदारहरु यिनीहरुकै घोषणापत्रको रुपमा घोषित अन्तरिम संविधान-२०६३ नै संशोधन गराउन लागेका छन् ।

राणा शासनमा पनि थुपै्र राम्रा कामहरु भएका थिए । तर राणाको निरंकुश सत्ता जनक्रान्तिबाट उडाइयो । २००७ सालको क्रान्ति प्रजातन्त्रको एउटा महान सफलता थियो । तर २००७ सालपछि विदेशीको चलखेल बढ्दै गएकाले त्यसबाट बच्न २०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्था नै खारेज गरेर निर्दलीय व्यवस्था चलाउनुपर्ने अवस्था आएको थियो । पंचायत कालमा थुपै्र राम्रा कामहरु भएका थिए । राजनीतिक दलहरु प्रतिवन्धित थिए । तर यस्तो देखादेखी लुट मच्चाउने काम भएको थिएन । यो भूमिमा नेपालीले नेपालीलाई घाँटी रेटेर मारिएको थिएन । बच्चा, स्वास्नी मानिसलाई विभत्स तरिकाले मारेको सुन्नुपरेको थिएन । गरीब जनता, सैनिक र प्रहरीहरुका बच्चा छोराछोरी र विधवाहरुले विहृवल भएर रोएर हिडेको देख्न परेको थिएन । नेपालको राष्ट्रियता र प्रतिष्ठा बचाउन राजा महेन्द्रले अथक प्रयत्न गरे । राजा महेन्द्रबाट २०१७ पछि कुनै पनि विदेशीलाई नेपालको जमीन खरिद विक्री गर्नमा रोक लगाए । नेपाली भाषालाई राष्ट्र भाषामा निरन्तरता गराएका थिए । नेपाली मुद्रालाई क्रमशःनेपाल अधिराज्य भरी अनिवार्य गराइएको, भारतीय फौज बिनासर्त नेपालबाट हटाइएको, नेपालको पेटमा पहाड मधेश दुबैलाई सुबिधा हुने गरी पूर्व पश्चिम राजमार्गको निर्माण गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ठूलाठूला उपलब्धी हासिल नगरेको होइन । तर निर्दलीय व्यवस्थामा प्रतिपक्षको स्थान नरहेको निहुँ बनाएर नेपाली कांग्रेस र बाममोर्चा र विदेशीहरुको प्रयासमा २०४६ सालपछि वहुदलीय व्यवस्था पुनर्स्थापना भएता पनि यसले पनि जनताको आकांक्षा पूर्ति गर्न नसकेको, प्रतिपक्ष तथा सन्तुलन र नियन्त्रणको कदर गर्न नसकेकाले देशभित्र ब्याप्त भ्रष्टाचार र घोटालाहरुले नेपाल अधोगतिमा जान लागेकाले त्यसबाट मुक्त हुन माओवादी बिद्रोह उठेको भन्ने हाम्रो ठम्याइ थियो । तर त्यो ठम्याइ गलत साबित भएको छ ।

तर २०६२ साल मंसिरमा तिनै कांग्रेस र एमालेका असफल नेताहरुसँग मिलेर विदेशीको इसारामा दिल्लीमा १२ बुँदे सहमति गरिएपछि माओवादी बिद्रोह पनि अव गद्धार साबित भएको छ । राजनीतिक विचारको अभावमा माओवादी आतंक र अन्योलको घेराभित्र फसेको छ । कोही उत्तरको मुख ताक्छन् कोही दक्षिणाको । तर यी दुबै राष्ट्रले माओवादीको दोग्ला हेसियत बुझिसकेका छन् । नेपालको पहिचान, मान्यता र प्रतिष्ठालाई धक्का पुर्‍याएर विदेशीलाई खुशी राख्न मात्र दलका नेताहरु लागेका छन् । यी गद्धार हुन-आतंककारी । यी आन्दोलनकारीहरुले नेपाललाई संसदवाद र साम्यवादको तानातानमा फसाएर नेपाललाई क्रिस्चियनकरण गर्दै, मानव अधिकारको नाममा फ्री तिब्बतको मुद्धा उठाएर अन्तराष्ट्रिय चलखेलको रणभूमि बनाउन खोजिएको छ । विश्वमा कैयौ राष्ट्रहरु क्रिस्चियन र मुसलमान धर्मबाट आवद्ध छन् । विश्वको एक मात्र हिन्दु र बौद्धराज्यको पहिचानको कदर गर्नुको सट्टा त्यसलाई समाप्त गर्नेहरु कुलंगार हुन्- राष्ट्रघाती । २०६३को जनआन्दोलनपछिका दलका कथित नेताहरुले यो पूण्यभूमिमा क्रिस्चियनकरण गराउन विदेशीहरुलाई जसरी साथ दिइरहेका छन् यिनीहरुलाई जस्तोसुकै सजाय दिए पनि कम हुन्न ।

विश्वका धेरै देशहरुको भ्रमण गर्ने अवसर पाएका एक नेपाली विद्वान प्रकाश ए. राज लेख्छन्-”हिन्दू धर्मको दाँजोमा संसारका कुनै पनि धर्म उधार र सहिष्णु छैनन् । क्रिस्चियन धर्मभित्र अन्धविश्वास, संकीर्णता, अनुदार एवं हैकमवादले गाँजेको छ जहाँ अरुहरुको धर्ममा सहअस्तित्व भन्ने भावना नै उनीहरुमा पाइन्छ । मुस्लिम धर्म क्रिस्चियनभन्दा झन संकीर्णता र कट्टर छ । साउदी अरबमा कुनै प्रकारको हिन्दू पहिचान वा शिवजीको फोटो लिएर गएमा भन्सारमै रोक लगाइन्छ । मुस्लिमधर्म यति कट्टर छ पेशावरबाट प्रकाशित हुने एक अंग्रेजी पत्रिका ‘दी फन्टियर पोष्ट’ मा इटालीमा छापिएको कुरानमा उल्लेखित पैगम्वरको तस्वीर छापिएकोमा पत्रिकाको कार्यालय तोडफोड गरिएको थियो । यसबाट मलाई धर्मको उद्दण्डता देख्दा पाकिस्तानमा ४ बर्षसम्म रहँदा चिन्ता लागिरहृयो । अर्को घटना छ । पञ्चायत कालमा सउदी अरबको राजदूतको लागि मोहम्मद माहसीनको नाम प्रस्तावित गरेर पठाइयो । तर साउदी अरबले स्वीकृती दिएन । किनकि मोहम्मद मोहसीन राष्ट्रिय शिक्षा योजनामा सदस्य-सचिव भएको बेला प्रकाशित पुस्तकहरुमा बुद्ध, क्राइष्ट, हजरत मुहम्मद लगायत विश्व प्रसिद्ध पुरुषहरुको फोटो छापिएकोमा त्यसमा मुसलमान धर्मगुरु हजरत मुहम्मदको फोटो पनि छापिएकाले मुसलमान धर्मगुरु हजरतको अपमान गर्ने भनेर मोहसनिको नाम स्वीकृती भएन । किनकि मुसलमान धर्मगरुको फोटो छापिनु मुसलमान धर्मबिपरीत मानिन्छ । पाकिस्तानमा प्रवेषको बेला मलाई पटक-पटक र्’धर्म के हो’ भनेर भन्सारमा तङ गरेकाले पाकिस्तानमा बसिञ्जेल ‘बुदिष्ट हुँ’ भन्नु परेको थियो ।’ अतः आफ्नो देशको अवस्थाको अध्ययन नै नगरी विदेशीको घोडा बनेर माओवादीले नेपालको पहिचान सिध्याएर धर्मयुद्धमा देशलाई फसाउन उद्दत्त छन् ।

सत्तासीनहरु राष्ट्रघाती बाटोमा हिड्दा पनि किन देशभक्त नेपालीहरु टुलुटुलु हेरेर बसिरहेका छौं – पार्टीभित्रका पनि देशभक्त छन् भनिन्थ्यो तर त्यहाँभित्रका राष्ट्रवादीहरु पनि चुइक्क बोल्दैनन् । ठूला पार्टीभित्रका राष्ट्रघाती नेताहरुले विदेशीले चाहेबमोजिम देश डुबाउन लागेका छन् । राज्यका प्रमुख अङ्ग अदालत, नेपाली सेना तथा सरकारी गैरसरकारी तहमा रहेकाहरु पनि उनीहरुका कारिन्दा जस्तो चुइक्क बोल्न सकेका छैनन् । इतिहासकालदेखि नेपाली राष्ट्रियताको संरक्षण गर्दै आएको राष्ट्रिय सेनाको प्रतिष्ठा कायम राख्न तर्कपूर्ण ढङ्गले स्वदेशी र विदेशी षडयन्त्रकारीहरुलाई लर्कार्न नसकिन्जेल नेपालको अधोगति यसरी नै बढ्दै. जान्छ । विदेशीकै निर्देशनमा संवैधानिक मूल्य र मान्यतालाई तोड्दै २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रसँग भएको संझौतालाई तोडेर गणतन्त्र, धर्मनिरपेक्षता र जातीय आधारमा संघीयताको कुराले अराजकत्तालाई संस्थागत गरेकाछन् । नेपाल जस्तो उत्तर र दक्षिणका ठूला राष्ट्रहरुको च्यापोमा रहेको राष्ट्रमा एक नेपाली जाति भएर देशको शक्ति देखाउनु पर्नेमा संघीय, जातिवाद, क्षेत्रवादको साम्प्रदायिक मुद्धा झिकेर आपसमा भीडन्त गराउनु यो कहाँको लोकतन्त्र हो – पटक-पटक आफूखुशी संविधानसभाको म्याद थप्दै ब्रम्हलूट मच्चाउँदै आएका माओवादी, कांग्रेस, एमाले, मधेसवादी, खाओवादी नेताहरुले भोलि जनताको कठघरामा परिन्छ भन्ने कुरा सोचेका छन् कि छैनन् ? के सँधै यसरी नै चल्छ त राज्य व्यवस्था ?

विदेशीले उचालेका कांग्रेस, एमाले, माओवादी बाहुन नेताहरु प्रजातन्त्रका ठेकेदार भएका छन् । सबै पार्टीमा बिग्रेका र राष्ट्रिय अस्मिता गुमेका बाहुन नेताहरुलाई खोजी खोजी विश्वासमा लिएर नेपालको अस्मिता र प्रतिष्ठा समाप्त गर्न विदेशीहरले सजिलो देखेकोछ । विशाल नेपालको सिर्जना भएका बेलादेखि नै विदेशीहरुले यहींका दलालहरुलाई अगाडि सारेर रक्तपात गराउँदै आएकाछन् । पार्टीभित्रका बाहुन नेताहरु कहिले नागरिक सर्वोच्चता भन्छन्, कहिले राष्ट्रिय स्वाधीनताको कुरा । अहिलेको संविधानसभा, अन्तरिम संविधान, संसद र माओवादी नेता बाबुराम भट्टराईको मंत्रिपरिषद भनेको विदेशीहरुको एजेण्डा हो भन्ने कुरा दलहरु आफै बोल्दैछन् । पैसा र पद पाइन्छ भने यिनीहरु देश बेच्न पनि पछि नपर्ने अपराधी हुन् । राष्ट्रियता भन्ने कुरा कस्तो सम्वेदनशील हुन्छ भने अलिकति ओरालो लाग्न थालो भने त्यसलाई उठाउन गाह्रो हन्छ । हिजो राजा र जनताको संयुक्त प्रयासमा नेपाललाई संरक्षण दिने गरेको थियो । अहिले त्यो एकताको डोरी चुडाइएको छ । संविधानसभा धोका हो । यिनीहरुबाट देश उठाउने कुनै काम हुँदैन । यिनीहरु लुटेराहरु हुन्- कलंगार । अव देशको यो अन्धकार भविष्यबाट मुक्त हुन सम्पूर्ण देशभक्त नेपाली जनता, नेपाली सेना, अदालत लगायत राज्यका प्रमुख अङ्गहरुले २०४७ सालको संविधानका टेकेर त्यसैको आधारमा राजा सहितको उपस्थितिमा यो पूण्यभूमि बचाउन आफूहरुलाई राष्ट्रको लागि अर्पण गरेर कुर्बानी गर्ने बेला आएको छ ।
Author can be reached at: [email protected]