उम्मेदवार टुंगो लगाउन संसदीय समितिको बैठ्क बालुवाटारमा

उम्मेदवार टुंगो लगाउन संसदीय समितिको बैठ्क बालुवाटारमा


महाधिवेशन सम्पन्न भएको पौने २ बर्षपछि कांङ्ग्रेस संसदीय समिति गठन गरिएको छ । समितिमा बढिमा १५ जनासम्म को हुने बैधानिकता हुने भएपनि विभिन्न कारणले १७ सदस्यीय समिति बन्न पुगेको छ ।

संसदीय समितिमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला, कोषाध्यक्ष सिता देवी यादव, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्ण बहादुर खड्का, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, अर्जुननरसिंह केसी, विमलेन्द्र निधि, चित्रलेखा यादव, महेश आचार्य रहेका छन् ।

समानुपातिक तर्फको उम्मेदवार टुंगो लगाउन समितिको बैंठ्क प्रधानमन्त्री निबास बालुवाटारमा भइरहेको छ ।

आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुने प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो कांङ्ग्रेस असोज २७ भित्र लगाइसक्ने निर्णय गरेको हो ।