कम्युनिष्ट गठबन्धनबाट अलग्गिंदै ‘बाबुराम’ !

कम्युनिष्ट गठबन्धनबाट अलग्गिंदै ‘बाबुराम’ !


नेकपा एमाले र माओबादीबीच सहकार्य र पार्टी एकता गर्ने सहमति भएपछि हतारिएर उक्त ‘एकता’ प्रक्रियामा घुस्न पुगेका डा.बाबुराम भट्टराई त्यहाँबाट अलग्गिंने भएका छन् ।

भट्टराईलाई एमाले र माओबादीले प्रत्यक्ष तर्फ एक स्थान पनि उपलब्ध नगराउने भएपछि उनले गठबन्धनमा सामेल भएको दुई साता नबित्दै त्यसबाट बाहिरिने निर्णय लिएका हुन् ।

नेकपा एमालेले बाबुराम भट्टराईलाई प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ एक स्थान पनि दिन नसक्ने जवाफ दिएको र माओबादीले पनि गोरखाको दुवै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार तय गरिसकेकोले बाबुराम सकसमा परेका हुन् ।

तर बाबुराम भट्टराई माओवादी केन्द्रमा फर्किएको अवस्थामा उनलाई समानुपातिक तर्फको एक सीट उपलब्ध गराउन माओबादी तयार भएको बताइन्छ । यसअघि उनी विजयी बनेको गोरखाको क्षेत्र नं. २ मा माओबादीले बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय लिएको छ ।

श्रेष्ठलाई कुनैपनि अवस्थामा ‘ब्याक’ नगराइने बुझेपछि डा. भट्टराई निराश हुँदै कम्युनिष्ट मोर्चा परित्याग गर्ने निर्णयमा पुगेको बताइएको छ ।