निर्वाचन नहुँदै काङ्ग्रेस पराजित !

निर्वाचन नहुँदै काङ्ग्रेस पराजित !


गैह्र कम्युनिष्टहरुवीच गठबन्धन बनाएर निर्वाचनमा जान लागेको नेपाली काङ्ग्रेस ठूलो संकटमा परेको छ ।
राप्रपा र मधेश केन्द्रीत समूहले प्रत्यक्ष तर्फ धेरै सिटको दावी गरेपछि काङ्ग्रेस सङ्कटमा परेको हो ।

प्राप्त जानकारी अनुसार राप्रपा नेपाल,राप्रपा,राजपा र सङ्घीय फोरमले प्रतिनिधि सभा प्रत्यक्ष तर्फको कुल १६५ स्थान मध्ये करिब ६ दर्जन निर्वाचन क्षेत्रमा दावी गरेका छन् । राप्रपालाई ७ स्थान दिन काङ्ग्रेस तयार भएपनि तराईमा राजपा र फोरमको मागमा सहमति जनाउन उसलाई सकस परेको छ ।

राजपा र फोरमले पुरै तराईका ७८ निर्वाचन क्षेत्र मध्ये ५८ स्थान पाउनुपर्ने र काङ्ग्रेसले २० स्थानमा मात्र चित्त बुझाउनु पर्ने धारणा मधेश केन्द्रीत नेताहरुको छ ।

पचास प्रतिशत (३९ स्थान) निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी प्राप्त गर्नको लागि उनीहरुले अहिले ५८ स्थानकोलागि ‘बार्गेनिङ्’ गरिरहेको बताइन्छ ।

प्रजातान्त्रिक गठबन्धन भनिएपनि पहाडी र हिमाली क्षेत्रमा राजपा तथा फोरमको कुनै प्रभाव नभएकोले त्यहाँ काङ्ग्रेसले एक्लै कम्युनिष्टसङ्ग भिड्नुपर्ने अवस्था छ । एकिकृत कम्युनिष्ट शक्तिलाई परास्त गरेर पहाडी क्षेत्रमा काङ्ग्रेसले आफूलाई अगाडी राख्न सफल हुनसक्ने सम्भावना अहिलेसम्म देखिएको छैन् ।

तराईमा पनि कम्युनिष्टहरु कमजोर भएको क्षेत्रमा आफूले दावी गर्ने र महेन्द्र राजमार्ग आसपासका क्षेत्र (जहाँ वामपन्थी कम्युनिष्टहरु बलिया छन्) मा चाहिं काङ्ग्रेसलाई भिडाउने चाल मधेश केन्द्रित नेताहरुले गरेका छन् ।

यसरी वाम गठबन्धनले अप्ठयारोमा पारेको काङ्ग्रेस वाम विरुद्धको प्रजातान्त्रिक मोर्चामा निर्वाचन पहिले नै पराजित हुने स्थीति बनेको छ ।

देशको हरेक निर्वाचन क्षेत्रमा संधै उम्मेदवार प्रस्तुत गर्दै आएको काङ्ग्रेसले यसपटक करिब ४० प्रतिशत निर्वाचन क्षेत्रमा अन्य दलका उम्मेदवारलाई समर्थन गर्नुपर्ने भयो भने र्दिघकालिन रुपमा राजनीतिक रुपले काङ्ग्रेसलाई धेरै ठूलो धक्का पु-याउने देखिन्छ । यसलाईनै काङ्ग्रेसका निम्ति एउटा ठूलो पराजय मान्न सकिन्छ ।

गठबन्धन नबनाउँदा पनि काङ्ग्रेसलाई ठूलो धक्का पुग्ने र बनाउँदा झनै ठूलो क्षति पुग्ने अवस्थामा काङ्ग्रेस छ । स्थितिमा परिवर्तन आएन यस्तै अवस्था कायम रहयो भने १ सय ६५ स्थान मध्ये जम्मा ४० को हाराहारीमा मात्र काङ्ग्रेस विजयी बन्ने अनुमान विश्लेषकहरुले गरेका छन् । उता एमालेले भने एक्लैले ७०–८० स्थानमा विजय हाशील गर्ने दावी गर्दै आएको छ ।