विमानस्थल निर्माणको काम सन्तोषजनक भएन

विमानस्थल निर्माणको काम सन्तोषजनक भएन


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको संसदीय समितिले निष्कर्श निकालेको छ ।

व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको ठहर गर्दै चालू आर्थिक वर्षभित्रै सक्ने गरी निर्माणलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो ।

समितिको बिहिबार बसेको बैठकको निर्णयमा भनिएको छ,‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको निष्कर्ष निकालिएको छ र, तोकिएको मितिमा सम्पन्न हुनेगरी काममा तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिइन्छ ।’

सम्बन्धित मन्त्रालय, आयोजना प्रमुख र आयोजना स्थलको समेत अनुगमन गरेपछि सो विमानस्थल निर्माणको काम समयमै सक्न निर्देशन दिनुपरेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

समितिले आयोजना निर्माणका लागि आवश्यक सामग्रीहरुको सहज आपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराएको छ ।