उच्च अदालतमा नियुक्ति पाएका ८० न्यायाधीशको सुनुवाइ सर्‍यो

उच्च अदालतमा नियुक्ति पाएका ८० न्यायाधीशको सुनुवाइ सर्‍यो


उच्च अदालतका लागि गतवर्ष नियुक्त भएका ८० न्यायाधीशको विवाद सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सरेको छ। सपथ खुवाउने न्यायाधीशकै इजलाशमा पेशी तोकिएपछि सुनुवाइ हुन सकेन । आफैले सपथ गराएका न्यायाधीशविरुद्ध दर्ता भएको मुद्दा इजलाशमा बसेर हेर्न इन्कार गरेपछि मुद्दा सारिएको हो ।

सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको उक्त मुद्दा एक सातापछि सरेको हो । उच्च अदालत मुख्य न्यायाधीशबाट हालै मात्र सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्त भएका डम्बरबहादुर शाहीले गतवर्ष उनीहरुलाई उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतले सपथ खुवाएका थिए ।

बुधबार शाहीसहित न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको इजलालाशमा तोकिएको थियो ।गतवर्ष पुस २९ गते मध्यरातमा प्रधानन्यायाधीश निवास बालुवाटारवाट ७ उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्त गरिएको थियो ।