बाम गठबन्धनमा रहेका राजनीतिक दलहरुवीच निर्वाचन क्षेत्र बाँडफाँडमा सकस परेपछि नेकपा एमालेले बिहीबार स्थायी समिति बैठक बोलाएको छ । एमालेले स्थायी समिति बैठक बोलाएपछि आजका लागि बोलाइएको गठबन्धनको बैठक नै स्थगित गरिएको छ ।
बुधबार बसेको कार्यदलको बैठकमा गठबन्धनबीच एक नम्बर प्रदेशमा कसले कति क्षेत्र लिनेदिने भन्नेमा सामान्य छलफल भएपनि टुङगो लागेको थिएन । एमालेले दिउँसो २ बजे बोलाएको स्थायी समिति बैठकमा गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाडमा अहिलेसम्म भएका मागदावीका विषयमा थप छलफल गर्ने बताइएको छ ।
बाम गठबन्धनमा रहेका एमाले, माओवादी र नयाँ शक्तिबीच भागबण्डा मिलाउन नसक्दा तीनदिनभित्र टुङग्याउने भनेको सिट संख्या र क्षेत्र बाँडफाँड एक साता वित्दासमेत सहमति जुटेको छैन । एमाले माओवादीबीच ६०–४० को अंकगणितमा होलसेलमा सहमति गरेका दलहरुलाई पछिल्लो समय त्यसमै सहमति जुटाउन कठिन भएको छ ।
प्रतिक्रिया