मधेस समता पार्टी एमालेमा समायोजित, देवनारायण यादव पनि एमाले प्रवेश 

मधेस समता पार्टी एमालेमा समायोजित, देवनारायण यादव पनि एमाले प्रवेश 


पुर्व मन्त्री मेघराज निषाद नेतृत्वको मधेस समता पार्टी नेकपा एमालेका समायोजित भएको छ । पार्टीका अध्यक्ष सांसद तथा पूर्व उद्योग राज्यमन्त्री निषाद सहित सिंङ्गो पार्टी बिहीबार एमालेमा समायोजन भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एमाले संसदीय दलको कार्यालयमा पार्टी प्रवेश गराएका हुन् । यसैगरी सीमारक्षक सप्तरी तिलाठीका देवनारायण यादव पनि एमालेमा प्रवेश गरेका छन् । उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य थिए ।

उनी कांग्रेसबाट जिल्ला विकास समितिको निर्वाचित पूर्व सदस्य हुन् । उनले एमालेमा निशर्त प्रवेश गरेको र आफू बाँच्दासम्म सिमा रक्षा गरिरहने बताए ।