रुपान्तरित व्यवस्थापिका संसदको  बैठक भोलि अन्त्य हुने 

रुपान्तरित व्यवस्थापिका संसदको  बैठक भोलि अन्त्य हुने 


रुपान्तरित व्यवस्थापिका संसदको अन्तिम बैठक शुक्रबार बस्ने भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म संसदको आयु रहने कानुनी व्यवस्था अनुसार असोज २८ गतेसम्म संसदको आयु रहे पनि अन्तिम बैठक असोज २७ गते शुक्रबार बस्न लागेको हो ।

सभामुख ओनसरी घर्तीले संसदको बैठक शुक्रबार दिउँसो ३ बजे बोलाएकी छन् । सांसद रामनारायण बिडारीले शुक्रबारको बैठक नै अन्तिम हुन सक्ने बताए। ‘समानुपातिक सूची बुझाउने भनेको पनि उम्मेदवारी दर्ता हो ।

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन पद्धतिको सूची बुझाउने मिति असोज २९ गते तोकिएको छ । समानुपातिक निर्वाचन पद्धतिको सूचीलाई उम्मेदवारी दर्ताकै रुपमा लिन सकिने भएकाले संसदको आयु असोज २८ गतेनै सकिदैछ ।

उम्मेदवारी दर्ताको अघिल्लो दिनदेखि सांसद सदस्य रहँदैनन्’ उनले भने ‘संसद बैठक शनिबार गर्ने प्राक्टिस नभएकाले भोलिको बैठक नै अन्तिम हुन सक्छ।’ बिहीबारको संसद बैठकले राजर्षि जनक विश्वविद्यालय सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

संसदले अहिलेसम्म राष्ट्रिय सभा निर्वाचन सम्बन्धी विधेयक पारित गरेको छैन । संसदले चिकित्सा शिक्षा विधेयक पनि पारित गरेको छैन । यो विधेयक माथेमा कार्यदलको सुझाव अनुसार पारित गर्न माग गर्दै त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी आमरण अनसनमा छन् ।