वाम गठबन्धन पछि पहिलोपटक देउवा, ओली र प्रचण्डबीच वार्ता

वाम गठबन्धन पछि पहिलोपटक देउवा, ओली र प्रचण्डबीच वार्ता


प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच त्रिपक्षीय वार्ता सुरु भएको छ ।

वाम गठबन्धन पछि पहिलोपटक यी नेताहरु एकै सथानमा बसेका हुन् ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु बैठकमा आगामी मंसिरमा हुन लागेको प्रदेश र संघीय चुनावको तयारी र राष्ट्रिय सभाको विषयमा छलफल हुने जनाइएको छ ।

राष्ट्रिय सभा सदस्य चयनका विषयमा कांग्रेस र एमाले –माओवादीबीच विवाद भइरहेको छ । कांग्रेसले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य छान्नु पर्ने बताउँदै आएको छ भने एमाले र माओवादीले स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले भोट हालेर सदस्य छान्नु पर्ने बताउँदै आएको छ ।