एनआरएनएमा शेषले श्रीमतीलाई अध्यक्षमा अगाडी सारेपछि !!!

एनआरएनएमा शेषले श्रीमतीलाई अध्यक्षमा अगाडी सारेपछि !!!


आफ्नो परिबारभन्दा बाहिर नेतृत्व दिन चाहादैनन् घले……..

रोशन कार्की

गैर आवासीय नेपाली संघ (एनआरएनए) को पूर्वसन्ध्यामाम गत वर्ष भएको सम्झौता तोड्दै बर्तमान अध्यक्ष शेष घलेले श्रीमतीलाई अध्यक्ष पद उठाउने भएपछि सो संस्थामा भित्रभित्र भुसको आगो बलेको छ । गत वर्ष भएको सो सस्थाको अध्यक्षमा शेष घलेलाई सर्मथन गरेर अहिलेको नयाँ कार्यसमितिको अध्यक्षमा भवन भट्टलाई सहयोेग गर्ने सहमति भएअनुसार घलेले दोस्रो कार्यकालको समेत अध्यक्ष बनेको भट्ट समर्थकको दाबी रहेको छ । तर सस्थामा रहेर अबैध कारोबारमा सहयोग पुग्ने भएपछि आफ्नो परिबारभन्दा बाहिर नेतृत्व दिन नचाहाने शेषले श्रीमती जमुना घलेलाई अध्यक्षमा उठाएपछि अहिले भित्रभित्रै वाकद्वन्द्ध सुरु भएको समाचार प्राप्त भएको छ ।

भोली शनिबारदेखि अर्थात अक्टोवर १४ देखि १७ तारिखसम्म काठमाडौंमा हुने एनआरएनएको आठौं सम्मेलनमा अध्यक्ष पदमा भट्ट र घलेबीच कडा प्रतिस्पर्धा पर्ने भएको छ । भट्ट अहिले एनआरएनका उपाध्यक्ष हुन भने जमुना घले आईसीसी सदस्य छिन् । अर्का अध्यक्षका उम्मेदबार टीवी कार्की समेत मैदानमा उत्रेका छन् ।

यस अघि अध्यक्ष पदमा भट्ट र कुमार पन्त उठ्ने चर्चा भएपनि अहिले घले, भट्ट र कार्कीबीच अध्यक्ष पदमा भिड्न लागेका एनआरएनए सम्बद्ध एक अधिकारीले बताएका छन् । अध्यक्ष पदका प्रत्यासी भट्टले केही दिन अघि काठमाडौंको अन्नपूर्ण होटलमा कार्यक्रम गरी आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । अर्का प्रत्यासी घलेपनि पनि एक होटलबाटै अध्यक्ष पदमा उम्मेदबारी दिने घोषणा गरेकी छिन् । यसअधि पन्त अध्यक्षका प्रत्यासी भएपनि घलेसँग कुरा नमिलेपछि भट्टलाई समर्थन गर्ने गरी उपाध्यक्षमा उठ्न लागेको स्रोतले जनाएको छ ।

यसैगरी, भट्टलाई संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तोको पनि समर्थन रहेको बुझिएन आएको छ । जमुना घलेलाई एनआरएनएका दुई कार्यकाल अध्यक्ष भएका उनका श्रीमान् शेष घलेले अघि सारेका हुन् । यसैगरी एनआरएनएको उपाध्यक्ष पदमा अध्यक्षका प्रत्यासी भनिएका कुमार पन्त, चिरञ्जिवी थापा र सोनाम लामा उठ्ने चर्चा रहेको छ । पन्त अहिलेका उपाध्यक्ष तथा जर्मनीका एनआरएन हुने भने थापा जापान र लामा अमेरिकाका एनआरएन हुन । यसैगरी, महासचिवमा बद्री केसीले, त्रिलोक गुरुङ र अर्जुन श्रेष्ठ भिड्ने भएका छन् । केसी अहिले पनि महासचिव नै छ । उनी रसियाका एनआरएन हुन । श्रेष्ठ अहिले संघको सचिव छन भने उनी उनी वेल्जियमका एनआरएन हुन । यसैगरी गुरुङ हङकङका एनआरएन हुन् ।

घलेको समुहबाट महासचिव पदमा त्रिलोक गुरुङले उम्मेदवारी दिएका छन् भने भट्टको प्यानलबाट बद्री केसीले उम्मेदवारी दिएका छन् । यसैगरी, उपाध्यक्षहरुमा भट्टको प्यानलबाट उपाध्यक्षमा कुमार पन्त र रहेका छन् भने घले टिममा सोनाम लामा र खगेन्द्र जिसी रहेका छन् । उपाध्यक्षमै उम्मेदवारी घोषण गरेका चिरञ्जीवी थापा भने अहिलेसम्म दुवै प्यानलमा रहेको स्रोतले बताएको छ । यसैगरी, महिला उपाध्यक्षमा सपिला राजभण्डारी भट्ट प्यानल र रन्जु वाग्ले घले प्यानलबाट उठ्ने तयारी गरेकी छिन ।

एनआरएनका अनुसार भट्टलाई पूर्व अध्यक्ष द्वय डा. उपेन्द्र महत्तो र जीबा लामिछानेको समर्थन रहेको छ भने घलेलाई पूर्व अध्यक्ष देवमान हिराचन र संघका संरक्षक इन्द्रा बनको समर्थन रहेको छ । असोज २८ देखि ३१ गतेसम्म राजधानीमा हुने सो सम्मेलनका लागि विश्वका ७७ देशमा रहेका शाखा महाधिवेशन प्रतिनिधिहरु काठमाडौंमा आएका छन् । २ हजार ५ सयभन्दा बढी प्रतिनिधीको सहभागीता रहने सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

सम्मेलनको बहानामा एक पटक नेपाल आउने गरेका तीनै गैरनेपालीहरुको मुख्य उदेश्य भने दशै तिहार मनाउनु रहेको छ । नेपालमा लगानी गर्ने भन्दै सरकारसंग सहयोग माग्दै सम्मेलन गर्ने सो सस्थाले अहिले सम्म व्यक्तिगत रुपमा सामान्य रुपमा विद्यालय भबन निमार्ण, स्वास्थ्य चौकीको मर्मत र मन्दीरको निमार्णभन्दा उल्लेखिनिय कुनै पनि कार्यमा लगानी गरेको देखिएको छैन ।

सरकारसंग देशमा लगानीकै नारा दिएर दोहोरो नागरिकता पाउनु पर्ने माग समेत राख्दै आएका छन् । नेपालमा रहदाँ बनाएको बंशजको आधारको नेपाली नागरिकता विदेशमा पुगेपछि त्यागेर उतैको नागरिकता बोकेका एनआरएनहरुले वर्षौदेखि लगानीको नारा लगाउनुको मुख्य उदेश्यनै दोहोरो नागरिकता बोक्न पाउनु पर्ने रहेको छ । दोहोरो नागरिकता बोकेर देश र विदेशमा समेत आयकर छली गर्ने उदेश्य रहेको एनआरएन निकट स्रोतको दाबी रहेको छ ।

अध्यक्षमा उम्मेदवारी दिनेले ४ हजार ५ सय अमेरिकी डलर तिर्नुपर्छ । त्यस्तै, उपाध्यक्ष तथा महासचिवका उम्मेलदवारले ३ हजार ७ सय ५०, सचिव तथा कोषध्यक्षले ३ हजार, सहकोषध्यक्षले २ हजार ६ सय २५, महिला, युवा तथा क्षेत्रीय संयोजकले २ हजार २ सय ५०, क्षेत्रीय उप संयोजकले १ हजार ५ सय, महिला तथा युवा क्षेत्रीय उपसंयोजकले १ हजार र आईसीसी सदस्यले १ हजार अमेरिकी डलर तिर्नुपर्ने अनिवार्य व्यवस्था सो संघले गरेको छ ।