व्यवस्थापिका संसद कानुनत समयसिमा सकियो

व्यवस्थापिका संसद कानुनत समयसिमा सकियो


व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने ५ सय ९२ सांसदहरुको समय सिमा कानुन अनुसार सकिने भएको छ । उनीहरु शनिबार मध्यराति १२ बजेपछि भूतपूर्व सांसदको रुपमा रहने भएका छन् । व्यवस्थापिका संसदको अन्तिम विशेष बैठक शनिबार राखिने भएको छ । सो बैठकले सांसदहरुलाई विधिवत बिदाई गरिने भएको कार्यक्रम तय भएको छ ।
सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको छ । बैठकमा सभामुख र शीर्ष नेताले सम्बोधन गर्नेछन् ।  निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए ।

यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो । तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।

संसद बिघटनअघि यो संसदको अन्तिम विजनेश बैठक आज शुक्रबार बस्दैछ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विद्येयक र भाषा आयोगसम्बन्धी विद्येयकलाई कार्यसूचीमा राखिएको छ । त्यस्तै प्रदेश प्रमुखको पारिश्रमिक सम्वधासम्बन्धी बिद्येयक पनि बैठकले पारित गर्ने कार्यसूचि छ ।

चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयास भइरहेको छ । यदि यो संसदले पारित गर्न नसके सरकारले अध्यायदेशबाट ल्याउनुपर्नेछ । संसद विघटनसँगै अहिले व्यवस्थापिका संसदमा रहेका सबै विधेयकहरु सून्यमा जानेछन । अर्काे संसद निर्वाचित भएर आएपछि नयाँ सरकारले पुनः बिधेयक ल्याउनुपर्नेछ ।
चार वर्षअघि २०७० मंसिर ४ गते निर्वाचित भएर आएका सांसदहरु असोज २८ गते मध्यराति १२ बजेबाट निवर्तमान हुनेछन् । उनीहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा पाउने संसद सचिवालयका प्रवक्ता गौतमले बताए । यसअघिको प्रचलन अनुसार भूतपूर्व भएर फर्किन लागेका सांसदहरुलाई यातायात खर्च भने दिइनेछ ।