नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् । उनी पुर्व संस्कृती एवं पर्यटन मन्त्री समेत हुन् ।
वाम गठबन्ध हुदै एमालेसंग पार्टी नै एकिकरण गर्ने तयारी चलिरहेको बेला केन्द्रीय कार्यालय सदस्य एवं पर्यटन विभाग इन्चार्ज समेत रहेका विष्टले पार्टी परित्याग गरेका हुन् । उनले शुक्रबार पार्टी अध्यक्ष प्रचण्डमाथि गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
यस्ता छन् उनको तर्क :
-माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अबको माओवादीले सपना पूरा गर्न नसक्ने भएकाले सर्वसाधारण नागरिक भएर बस्ने ।
-हिजोको क्रान्ति केका लागि थियो भन्ने जनताको प्रश्नको जवाफ पार्टीमै रहिरहेर दिन सक्ने अवस्था नभएको ।
-पार्टीभित्र मूल्याङकन र व्यवस्थापन हुन नसकेको, सत्ता राजनीतिको फोहोरी खेलले जनतामा बितृष्णा जगाएको, माओवादी विभाजन र एकताले आत्मिएता हराएको ।
-पार्टीभित्र सधैभरी कुर्चिमा बसिरहनुपर्ने बनाउने भन्दा पनि भत्काउनेमा जोड दिइएको ।
-एमाले माओवादी लगायतका दलहरुबीच भएको गठबन्धनलाई आफ्नो पार्टी परित्यागको सहायक कारण ।
प्रतिक्रिया