बद्रीप्रसाद न्यौपाने नेतृत्वको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल नेकपा (एमाले)मा समाहित हुने भएको छ । पुर्वमन्त्री समेत रहेका न्यौपानेले आफना सबै नेता कार्यकर्ता सहित एमालेमा समाहित हुन लागेका हुन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार एमालेमा चुरेभावर पार्टी समाहित हुने भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा शनिबार दिउँसो १ बजे हुने कार्यक्रममा अध्यक्ष केपी ओलीले चुरेभावर पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहितका नेताहरूलाई एमालेमा समाहित गराउने छन् ।
संसदमा एक सिट पनि नरहेको चुरेभावर पार्टी र एमालेका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार असोज २८ गते शनिबार चुरेभावर पार्टी एमालेमा गाभिने भएको हो । चुरेभावर पार्टीले स्थानीय तहको निर्वाचनमा एक सिट पनि जित्न सकेको थिएन ।
प्रतिक्रिया