मिस टुरिजमको यस्तो तयारी

मिस टुरिजमको यस्तो तयारी


आगामी कात्तिक १८ गते आयोजना हुने मिस टुरिजम–२०१७ का लागि २३ प्रतिस्पर्धीले अडिसन दिएका छन् । उक्त प्रतियोगिताका लागि भएको अडिसनमा काठमाडौँ, पोखरा र चितवनका गरी जम्मा २३ जना युवती प्रतिस्पर्धीले अडिसन दिएको आयोजक प्वाइन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नवीन काफ्लेले जानकारी दिए ।

अडिसनमा निर्णायकको भूमिकामा पर्यटन व्यवसायी राजन सिंखडा, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्वकोषाध्यक्ष खुमबहादुर सुवेदी, पत्रकार गणेश पाण्डे तथा मिस टुरिजमका अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरणमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ भने प्रतियोगितामा विजेतालाई नगद ५० हजार, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेस्डर पनि नियुक्त गरिने जनाइएको छ ।