सरकारले तलबको एक प्रतिशत कर कट्टा गरिएको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेको भनेपनि सो रकम प्रयोगविहीन भएको छ । सो कोषमा १६ अर्ब ७९ करोड रुपैयाँ संकलन भईसकेको छ । आर्थिक वर्ष २०६६/०६७ बाट सो कोषमा १ प्रतिशत रकम जम्मा गर्न सुरु गरिएको हो ।
सो कोषको रकम कर्मचारी दुर्घटनामा पर्दा, अन्य समस्या आए खर्च गरिने उदेश्य भए पनि हालसम्म कोषबाट कसैले पनि सहयोग पाएको छैन । भने प्रत्येक महिना सो कोषमा रकम जम्मा भने गरिदै जाने गरेको छ । सरकारले सो कोषलाई सकृय बनाउन कानुन बनाउन लागेको भने पनि हाल कार्यविधि र कानुनको अभाबमा रकम ‘फ्रिज’ भएर बसेको छ ।
कोषका अनुसार सामाजिक सुरक्षा कर वापत रकमको विवरण प्राप्त भएसम्मको कम्प्युटर इन्ट्री गर्ने कार्य भइरहेको र हाल ३ हजार प्रतिष्ठानको डाटा इन्ट्री गरिए जनाएको छ । हालसम्म कोषमा १० लाख श्रमिक तथा कर्मचारी आबद्ध भइसकेका छन् ।
कोषमा ८३ प्रतिशत सरकारी कर्मचारीको योगदान छ भने १६ प्रतिशत निजी क्षेत्रबाट संकलन हुने गरेको छ । कोषले हाल सामाजिक सुरक्षाका स्किम तयार गरिसकेको भने पनि सो योजनामा के छ भन्ने अझै सार्वजनिक भएको छैन । ४ वटा समाजिक सुरक्षाका स्किमको कार्यविधि तयार भइसकेको छ ।
अर्थ मन्त्रालयले काम थाल्न पैसा दिएपनि सो कार्यन्वयनमा आएको छैन । ऐन अभावमा काम सुरु हुन नसक्दा त्यो त्यत्तिकै थन्किएको छ । कार्यस्थलमा हुने दुर्घटना, सुत्केरी, औषधोपचार र बेरोजगारी क्षेत्रका लागि सामाजिक सुरक्षासम्बन्धी स्किम तयार भइसकेको कोषले जनाएपनि कहिलेदेखि सो कोष पूर्णरुपमा कार्यान्वनयन हुनेभन्ने बारे अझै टुङ्गो लागेको छैन ।
प्रतिक्रिया