नेपाल आर्थिक विकासको चरणमा छ : राष्ट्रपति

नेपाल आर्थिक विकासको चरणमा छ : राष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आर्थिक विकासको चरणमा रहेको बताएकी छिन्। गैर आवासीय नेपाली संघको आठौं वार्षिक साधारणसभालाई शनिबार गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन । उनीले नेपालमा लगानीको संभावना प्रशस्त रहेको भन्दै सबै गैरआवासीय नेपालीलाई लगानी गर्न आग्रह गरिन्।

जलविद्युत, पर्यटन, पूर्वाधार, कृषि, सूचना तथा सञ्चार क्षेत्रमा लगानी गर्न उनले गैर आवासीयहरुलाई आग्रह गरिन्। नेपालमा जनशक्ति पनि पर्याप्त भएकाले लगानी बढे रोजगारी पनि बढ्ने उनको भनाई थियो।
नेपालको विकास गर्न सबै गम्भीर हुनुपर्ने उनले बताइन्। ‘देशको विकास गर्ने यो उपयुक्त समय होु उनले भनिन्। राष्ट्रिय पहिचानलाई संसारभर स्थापित गर्न गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो।