सपथ रोक्ने सल्लाह दिन रावल शितल निवासमा

सपथ रोक्ने सल्लाह दिन रावल शितल निवासमा


विस्तारित मन्त्रीहरूलाई सपथ नखुवाउने सल्लाह दिने उद्देश्यले एमाले नेता भीम रावल शितल निवास पुगेका छन् । मन्त्रीमण्डल विस्तारपछि शितल निवास र बालुवाटारबीच तनाव उत्पन्न भइरहेका बेला रावल उल्लिखित ‘सल्लाह’ लिएर शनिबार दिउँसो शितल निवास पुगेका बुझिएको छ ।

यस्तै, एकाएक उत्पन्न राजनीतिक समस्यामाथि विमर्श गर्न राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयुक्तहरूलाई समेत शितल निवास बोलाउनुभएको छ । निर्वाचन आयुक्तहरूको टोलीले पनि नवनियुक्त मन्त्रीहरुको सपथ हुन नहुने सुझाव दिने मानसिकताका साथ राष्ट्रपतिलाई भेट्न जाँदै गरेको बुझिएको छ ।