सर्जक नूतनको ‘नुतन कृति’ सार्वजनिक

सर्जक नूतनको ‘नुतन कृति’ सार्वजनिक


नेपाली कला, साहित्य संस्कृति र गीत–संगीतमा क्रियाशील रह“दै आएकी गीतकार नुतन भुसालको तेश्रो एल्बम ‘नुतन कृति’ एक समरोहबीच लोकार्पण गरिएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाकी सह–कोषाध्यक्ष समेत रहेकी गीतकार नुतनको उक्त कृति राजधानी काठमाडौंमा चर्चित गीतकार तथा चलचित्रकर्मी यादव खरेल, गीतकार दिनेश अधिकारी, गायक दिपक जंगम, दीप श्रेष्ठ, गीतकार एसपी कोइरालालगायतले संयुक्त रूपमा एक समारोहबीच विमोचन गरेका हुन् ।

भाइब्स क्रिएसनद्वारा बजारमा ल्याइएको सो एल्बममा सुटुक्क, कैदी बनाउ, डालीबाट फुलको, तिमी आउने खुशीमा, कैदी बनाउ (फिमेल), मेरो सामुसहित ६ वटा गीत संलग्न छन् ।

विमोचन समारोहमा ‘सुटुक्कै…’ बोलको गीतको भिडियोसमेत प्रदर्शन गरिएको थियो । युवराज बाइवाद्वारा निर्देशित र सुनिल मास्केले संगित दिएको सो भिडियो प्रदर्शनीपछि कार्यक्रममा उपस्थित कलाकर्मीहरूले एलबमको समीक्षा गरेका थिए ।

बानिका प्रधान, विश्व नेपाली, मेलिना राई, प्राश्ना शाक्य जस्ता चर्चित गायक–गायिकाहरूको सुमधुर एवम् कर्णप्रिय स्वर रहेको ‘नुतन कृति’ले संगीतप्रेमी श्रोताहरूको मन जित्ने विश्वास लिइएको छ ।

गीतकार नुतन भुसालले यसअघि ‘नुतन’ र ‘नुतन–२’ नामक दुईवटा गिती एल्बम प्रकाशित गरेकी छिन् भने उनले दर्जनौं गीत लेखेकी छिन् ।